Friday, April 28, 2017

संसद भवनभित्रै झडप, नेतासहित १० घाईते

मेसेडोनिया। एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाको संसदमा भिडन्तहरु भएका छन् । घाइते हुनेमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेतासहित कम्तीमा १० जना छन् ।

प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु थिए जसले नयाँ चुनावको माग गरिरहेका छन् । सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट रगत झरिरहेको तस्वीर राखिएका छन् ।

उक्त पूर्व युगोस्लाभ गणतन्त्रमा गएको डिसेम्बरमा भएको आमचुनावको परिणाम अनिर्णित भएपछि राजनीतिक गतिरोध कायम रहेको छ । तर दुई वर्षअघिको फोन ट्यापिङु विवाद यता त्यहां संकट निरन्तर कायम छ ।

समाजवादी नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग मिलेर गठबन्धन बनाएका छन् तर सरकार बनाउने उनको प्रयासलाई देशका राष्ट्रपतिले रोकिदिएका थिए ।

उक्त गठबन्धन बनाउने प्रयास भए यता नै मेसेडोनियाका आफूलाई राष्ट्रवादी बताउनेहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँको जनसंख्याको एक चौथाइ जातीय अल्बेनियालीहरु छन् ।

गठबन्धनले तालर जाफेरीलाई सभामुख बनाउने निर्णय गरेपछि आक्रोशित व्यक्तिहरुको समूह संसद भवनमा प्रवेश गरेको थियो । झण्डै २ सय जना प्रदर्शनकारीले अनुहार ढाक्ने मास्क लगाएका थिए र प्रत्यक्षदर्शीहरुले फुटेका सिसा भुईँमा देखेको र हलभित्र रगतका दागहरु पनि देखिएको उल्लेख गरेका छन्।

प्रहरीले गैरघातक किसिमको ग्रिनेड प्रहार गरी नेताहरुलाई संसद भवनबाट बाहिर निकालेको थियो । अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन नेटो र युरोपेली युनियनका उच्च अधिकारीहरुले संसदमा भएको उक्त हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेका छन् । बीबीसी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment