Sunday, April 30, 2017

युवाहरु नभएपछि विवाहको आशमा बसेका यस देशका युवतीहरु

देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् । यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ ।

 इस्लाममा समलंैगिता विवाहलाई मान्यता छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।

 विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।

युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ । देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छोड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् ।

 जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ । विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment