Sunday, April 30, 2017

एमालेमय बन्दै देश: डोटीमा माओबादी कांग्रेस परित्याग गरि ७०० जना एमाले प्रवेश

डोटी, २५ पुस । ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३’ लाई एमाले डोटीले गाउँ–गाउँसम्म पुर्याएको जनाएको छ ।meeting-acham-uml

नेकपा एमाले केन्द्रिय कमिटिको निर्णय अनुसार जिल्ला कमिटि डोटीले पनि गाउँ तहसम्म उक्त अभियान सञ्चालन गरेको एमाले डोटीका अध्यक्ष चक्र मल्लले बताएका छन् ।

पार्टीको केन्द्रिय निर्णय अनुसार एमाले डोटीले गत मंसिर ११ गते गरेको निर्णय अनुसार मंसिर २३ गते गगुडा गाविसबाट शुरु गरेको अभियानलाई ३६ वटा गाउँ विकास समितिमा पुर्याईसकेको अध्यक्ष मल्लले जानकारी दिए । जस क्रममा गाउँ अधिवेशन र ईलाका अधिवेशन गरी ३२ वटा अधिवेशन समेत सम्पन्न गरेको उनले बताए ।

३६ वटा गाविसमा पार्टीको अभियान सञ्चालन गर्ने क्रममा ७ सय बढी मानिसहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको र एमाले अब पहिलो शक्ति बन्ने एमाले डोटीका अध्यक्ष मल्लले दैनिक नेपाललाई बताए । उनले भने- ‘यति बेला गाउँ-गाउँमा जनमत एमालेको पक्षमा देखिएको छ, विभिन्न गाविसबाट एमालेमा ७ सय बढी मानिसहरुले एमालेमा प्रवेश गरेका छन् ।’

सोमबार मात्रै एमाले डोटीले सिलगढीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जन परिचालन अभियान २०७३’ को समिक्षा कार्यक्रममा पनि नेकपा माओवादी विप्लव समूहका डोटी जिल्ला कमिटि सदस्य गणेश रोकाया, दिपायल सिलगढी नगरपालीकाका लेखा अधिकृत सरिफकुमार श्रेष्ठ, दिपायल सिलगढी नगरपालिका ४ का दिलिप कुमार श्रेष्ठ र बबर देवल गरि ४ जना एमालेमा प्रवेश गरेका छन् ।

केहि ठाउँमा कार्यअवधी नपुगेका गाउँ कमिटि र ईलाका कमिटिहरुका अधिवेशन भने समय पुगेपछि मात्रै गरिने एमाले डोटीले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment