Friday, April 28, 2017

अनमोलको आमाले चलचित्र निर्देशन गर्दै…..

अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी  निर्देशकको रुपमा नेपाली चलचित्र क्षेत्रमा  आउने भएकी छिन् । उनले आफूले निर्देशन गर्ने   चलचित्रको  लागि बिहीबार राजधानीको एक स्टुडियोमा गाना रेकर्ड गराएकी छिन् ।

अहिलेका चर्चित संगीतकार राजनराज शिवाकोटीले उक्त चलचित्रको  गीतमा संगीत भरेका छन् ।  चलचित्रको टाइटल भने उनले सार्वजनिक गर्न तयारी रहेको बताए  ।

 भदौबाट चलचित्रको  सुटिङ सुरु गरिने सुस्मिताले जनाएकी छिन् । चलचित्रमा  रहने कलाकारको नाम हाल गोप्य नै राखिएको प्रोजेक्टलाई सुस्मिताले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएकी छिन् ।

 उनले निर्देशन गर्ने पक्का भइसकेको उनले बताए ।   चलचित्रलाई सौरभ लामाले खिच्नेछन् । चलचित्रमा  हिमाल केसीको द्धन्द्ध रहनेछ भने कविराज गहतराज र रामजी लामिछानेले   नृत्य निर्देशन गर्ने बताए   -

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment