Thursday, April 27, 2017

पछिल्लो समय तीन युवती खुब चर्चामा रहेः । यी तीनपात्र चर्चामा आउनुको कारण नितान्त फरक छ

पछिल्लो समय तीन युवती खुब चर्चामा रहेः रञ्जु दर्शना, तरकारीवाली तर्थात् कुसुम श्रेष्ठ र अर्चना पनेरु ।

यी तीनपात्र चर्चामा आउनुको कारण नितान्त फरक छ । तर निर्मम सत्य यो हो कि, त्यहीं उमेर समूहका युवकले सोही काम गरेको भए यति चर्चा हुँदैनथ्यो ।

रन्जुको ठाउँमा कुनै त्यहीं उमेर समूहको युवकलाई विवेशील नेपालीले काठमाडौंको मेयरमा उठाएको भए, कुसुमले जस्तै कुनै युवकले तरकारीको भारी बोकेर हिँडेको भए वा अर्चनालेजस्तै कुनै युवकले ‘पोर्न फिल्म खेल्छु’ भनेको भएः त्यो त्यसै बिलाउँथ्यो ।

यी तीन युवतीको समान कुरा भनेकै लिंग र उमेर समूह हो । यसबाहेक उनीहरुबीच व्यापक अन्तर छ । जुन जगजाहेर छ ।



हुनतः उल्लेखित तीन पात्रलाई दाँज्न खोज्नुलाई अस्वभाविक पनि मान्न सकिएला ! तर, नेपाली समाजका लागि यो बहस विषय बन्नु स्वभाविक छ । यी तीन पात्रको चर्चाले सिकाएको सबक निकै प्रेरणादायी यसअर्थमा छ कि, सत्प्रयासबाट पनि चर्चा कमाउन सकिन्छ र त्यो बलियो हुन्छ ।

चर्चामुखी समाजमा चर्चा पाउन मान्छेहरुले अनेक हर्कत गरिरहेका हुन्छन् । यो परिवेशमा यहाँ फरक तीन प्रसंगबाट चर्चामा आएका तीन पात्रको सन्दर्भलाई प्रस्तुत गरिन्छ ।

रन्जु दर्शना
 
मंगलबार कान्तिपुर टेलिभिजनको सरोकार कार्यक्रममा तीन जना बोलाइएको रहेछः पूर्वसचिव एवं साझा पार्टीबाट काठमाडौंका मेयरका उम्मेदवार किशोर थापा, काठमाडौंका पूर्वमेयर एवं वर्तमानमा पनि मेयरका आकांक्षी केशव स्थापित र विवेकशील नेपाली पार्टीबाट मेयरको उम्मेदवार छनोट भएकी रन्जु दर्शना ।

पूर्वसचिव र पूर्वमेयरसँगै दमदार राजनीतिक र समृद्धिको तर्क गरिरहेकी थिइन्, २१ वर्षीया रन्जु दर्शना । उनको तर्कमा दम थियो । सपना थियो । योजना थियो । साँच्चै स्वर्णिम सपना बोकेकी मान्छेजस्तो । वास्तवमा रन्जुका अगाडि थापा र स्थापित फिक्का भए ।

यो त एउटा सानाे सन्दर्भ मात्रै हो । विवेकशीलले काठमाडौंको मेयरमा उठाउने घोषणा गरेसँगै रन्जुको चर्चा सर्वत्र छ । खासगरी सामाजिक सञ्जालमा उनको उल्लेख्य चर्चा भएको छ । कसैले कुरा काटेका छैनन् । भोट देलान्/नदेलान् ! तर, उनले धेरैको सद्भाव र सहानुभूति पाएकी छन् ।

अहिले उनलाई मिडियाहरुमा अन्तरवार्ता दिन भ्याइनभ्याई छ । उनको बोली, बिचार र सपनाजस्तै रुप पनि स्पष्ट र सुन्दर छ । तर, उनको चर्चा सुन्दरताले भएको होइन । उनीभित्रको ‘आगो’ले हो । तिव्र महत्वकांक्षाले हो ।

उनले व्यक्तिगत कुरा गर्दिनन् । देशको, विकासको, सबै नीतिको मूलनीति राजनीतिको कुरा गर्छिन् । उनलाई आफ्नो होइन, देशको चिन्ता छ । उनलाई आफूमात्रै बन्नु छैन, देश बनाउनु छ । त्यसैले त अहिलेको उनको हाइहाइ छ, सर्वत्र ।

उनी निम्नमध्यम वर्गीय परिवारको मान्छे हुन् । पढ्दै छिन् । परिवारमा केही समस्या छ । तर पनि व्यक्तित र पारिवारिक जीवनभन्दा माथि सोचेर अघि बढिरेहेकी छिन् । त्यसैले उनको गुणस्तरीय चर्चा छ, सहरबजारमा ।

तरकारीवाली अर्थात् कुसुम श्रेष्ठ

केही समयअघि चरम चर्चामा आएकी युवतीको नाम हो, कुसुम श्रेष्ठ । रुपचन्द्र महर्जनले खिचेको उनको फोटो भाइरल बन्यो । तरकारी बोकेर मोबाइलमा कुरा गर्दै हिँडेको उनको फोटोसँगै उनी रातारात चर्चाको शिखरमा पुगिन् ।

सबै मिडियाले प्राथमिकताका साथ समाचार बनाएर प्रकाशन/प्रसारण गरे । देशका ठूला भनिएका मिडिहरुले उल्लेख्य कभरेज दिए । स्थापित टक शोहरुमा अन्तरवार्ता दिइन् । रंग पत्रिकाहरुले कभर स्टोरी बनाए । ब्लो अप छापे ।

पछि एक/दुई वटा म्युजिक भिडियो अभिनय पनि गरिन् ।

यसरी अनपेक्षित हिट भएकी कुसुम एकाएक बेपत्ता भइन् । अहिले पूरै गुमराहमा छिन् । पानीको फोकाजस्तै उनी फुलिन्/बिलाइन् । अझ भनौं, उनी सुन्निएजस्तरी चर्चामा आइन्, सुकिन् ।

उनी पनि ग्रामीण निम्नमध्यम परिवारकी छोरी हुन् ।

अर्चना पनेरु

अधिक चर्चामा रहेकी अर्की टीन एककी केटी हुन्, अर्चना पनेरु । आफ्नै आमाको सहयोगमा निर्वस्त्र फोटो खिचेर सार्वजनिक गरेर चर्चामा आएकी पनेरु यो समाजको ‘बदनाम’ नाम बनेको छ ।

पोर्न भिडियो खेल्ने सपना रहेको बताएकी पनेरुले एउटा फिल्म र केही म्युजिक भिडियोमा अश्लील अभिनय पनि गरिन् । अहिले काठमाडौं एउटा डान्सबार डान्स गर्छिन् ।

अर्चनाको चर्चा अझै सेलाएको छैन । तर, उनको चर्चा बदनामी प्रकृतिको हो । समाजको बर्खिलापमा गएर चर्चा पाउनुलाई उनीले सफलता मानेकी छिन् ।

उनी रन्जु र कुसुमभन्दा सभ्रान्त परिवारकी हुन् । तर, बदनाम छिन् ।

चर्चा र गुणस्तर

चर्चित हुनु र लोकप्रिय हुनबीच अन्तर भएको कुरालाई यहाँ धेरै व्याख्या नगरौं । तर, उल्लेखित तीनपात्रबाट हामीले बुझ्न र सिक्नेपर्ने कुरा धेरै छ ।

करिब एउटै उमेर समूहका यी तीन पात्रबाट हामीले आफ्नो सोचलाई कुन मार्गमा अघि बढाउने भन्ने बुझ्न धेरै शब्दहरु खर्च गर्नु आवश्यक छैन ।

चर्चा कमाउन अंग प्रदर्शननै गर्नुपर्छ भन्ने सोच्ने केही नवआधुनिक युवतीहरुले रन्जुबाट सिक्नसक्नु पर्छ । कम्तिमा एउटा जीवनलाई यो समाज र देशका लागि थोरै भए पनि केही गर्ने गरी खर्च गर्नका लागि रन्जु प्रेरणाको स्रोत हो ।

तरकारीवालीजस्तो पानीको फोकाजस्तो हुनु दुर्भाग्य नभए पनि निरर्थक हो । अर्चनाजस्तो कोही पनि हुन नपरोस् । रन्जुको सत्प्रयास सफल होस्, शुभकामना !

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment