Sunday, April 30, 2017

भरतपुर महानगरपालिका उम्मेदवारमाथि गोली प्रहार

चितवन, १७ बैशाख – चितवनको भरतपुर महानगरपालिका वडानम्बर ११ मा नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ । उनी भरतपुर महानगर वडा नम्बर ११ को अध्यक्षका उम्मेदवार हुन् ।

गोली लागेर घाइते भएका उनको नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिए ।

भरतपुर-११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको छ । त्यसतर्फ गइरहेका बेला उनीमाथि गोली लागेको हो । प्रहरीको तालिमका क्रममा झुक्किएर गोली लागेको हुनसक्ने अनुमानलाई चितवन मालेले अस्वीकार गरेको छ ।

उनले भने, ‘तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ ।’ घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment