Wednesday, May 3, 2017

‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन

   ‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन !चीनले बोलायो आफ्ना नागरिक फिर्ता
‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन !चीनले बोलायो आफ्ना नागरिक फिर्ता

काठमाडौं, २० बैशाख । उत्तर कोरियालका शासक किम जोङ उनले परमाणु युद्धको घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् । उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिका, दक्षिण कोरिया र जापानी सैनिकले संयुक्त अभ्यास गरेपपछि किम जोङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अमेरिकाले उत्तर कोरियालाई जिस्काएर परमाणु युद्धका लागि उक्साएको समेत बताएका छन् । अमेरिकाले मंगलबार अत्याधुनिक ‘सुपरसोनिक बी १ बी ल्यान्सर बम्बर’ विमान उत्तर कोरियाली सीमा क्षेत्रको पेनिन्सुलमा उडाएको थियो ।

शासक किमले अमेरिकाले सामरिक क्षेत्रबाट संयुक्त सेना अघि लगाएर युद्धको रणनीति अगाडि बढाएकाले आफ्ना सैनिकहरुलाई तयारी अवस्थामा बस्नसमेत निर्देशन समेत दिएका छन् ।

सोमबार दुईओटा बम्बर विमानसहित अमेरिकी सीआइए निर्देशक दक्षिण कोरियामा अवतरण गरेका थिए । उनले उत्तर कोरियाली शासक किमसँग कुरा गर्ने प्रयास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्

दक्षिण कोरियाका रक्षा मन्त्रालयका प्रवक्ता मुन स्यांग गयुनले सियोलमा आयोजित बैठकमा मंगलबार भएको संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको उक्साहट रोक्न गरिएको बताए ।

उत्तर कोरिया र अमेरिकाले पेनिन्सुलमा गरेको संयुक्त सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ‘भीषण तनाब’ भएको बताइएको छ ।

कारियाली प्रायद्वीपमा तनाव बढेपछि चीनले आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । चीनले युद्धको खतरा बढेको भन्दै उत्तर कोरियाबाट आफ्ना नागरिकलाई फिर्ता बोलाएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । (एजेन्सी)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment