Friday, May 5, 2017

अमेरिकाले हतहतियार सहित आठहजार बढी सैनिक तैनाथ ! उत्तरकोरियालाई छिट्टै आक्रमण गर्ने संकेत।

एजेन्सी, २२ वैशाख । उत्तर कोरिया र अमेरिकाको तनाव चरम अवस्थामा पुगेको सुरक्षाविदहरुले जनाएका छन् । अमेरिकाले उत्तर कोरियामा आक्रमण गर्न सबै प्रयास पुरा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
चीनसँग कुटनैतिक छलफल पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत उत्तर कोरियामा आक्रमण गर्ने घोषणा दिन लागेको बताइएको छ।

अमेरिकाले विशेष अपरेशन कमान्ड प्रमुख जनरल रेमन्ड ए थोमसले उत्तरले अब कुनै हर्कत गरे आक्रमण गर्न अमेरिको तयार भएको प्रतिक्रिया दिएका छन् ।
जनरल थोमसले भनेका छन्, ‘अमेरिकाले उत्तर कोरियाको मिसाइल ध्वस्त पार्न अमेरिकन कमान्डो तयारी अवस्थामा राखेको छ ।’

उनका अनुसार अमेरिकाका जल, थल र हवाई युद्धका ८ हजार स्पेसल कमान्डोलाई एकत्रित गरिसकिएको छ ।

अमेरिका सुरक्षा विज्ञहरुका अनुसार उत्तर कोरियाको मिसाइल स्टेसनहरु देशभर भूमिगत स्थानमा राखिएका छन् । र, त्यहीबाट परिचालन हुनेछन् । विज्ञहरुले उक्त स्थानहरुको पहिचान गरेको समेत दाबी गरेका छन् ।
चीन र रसियाले उत्तर कोरियासँगको सम्बन्ध उत्कर्षमा नलैजाना अमेरिकासँग आग्रह गरेका थिए । तर, किमले आणविक हतियार परिक्षण गर्ने कार्य नरोक्ने धम्की अमेरिकालाई दिएपछि अमेरिकाले पनि आक्रमणको तयारी गर्न लागेको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment