उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्मलाई दीपक र दीपाश्री निरौलाले प्रस्तुत गरेका हुन्। फिल्ममा जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरेको लगानीका साथमा अभिनय पनि रहेको छ। दीपकले कार्यक्रममा उपस्थित जितु र केदारलाई पैसा हालेर हिरो भएकाहरू भनेर ठट्टा गर्दा केदारले जवाफ फर्काए, ‘हामी पैसा हालेर हिरो भएका होइनौं। बरु हिरो भएपछि पैसा हालेका हौं।’ उनले त्यति थोरै पैसा हालेर पनि हिरो हुनु पाएपछि पछि नपरेको भन्दा माहोल हाँसोमय भएको थियो। फिल्म नै हास्यप्रधान भएकाले पनि कार्यक्रममा बोल्ने अधिकांशले ठट्टा गरिरहेका थिए। ‘यो फिल्म गर्दा यति मज्जा आयो कि भनेर साध्य छैन,’ नायिका प्रियंकाले त भनिदिइन् नै, ‘फिल्म सुटिङमा यस्तो रमाइलो हुने हो भने त मलाई खानु पनि पर्दैन। सुत्नु पनि पर्दैन। २४ घन्टै काम गर्न सक्थें होला।’ अघिल्लो फिल्म ‘छ एकान छ’ मा निता ढुंगानालाई नायिका बनाएका दीपक–दीपाले यसपटक भने प्रियंकालाई पत्याएका हुन्। कार्यक्रममा पनि दीपा र दीपकले प्रियंकाप्रतिको मायालाई अनेक तवरले व्यक्त गरिरहेका थिए भने प्रियंकाले पनि क्लोजनेस झल्काउँदै दीपालाई आफ्नो मुटुको टुक्रा भएको जिकिर गरिन्।/www.ekantipur.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment