Friday, July 17, 2015

चर्चित अभिनेतृको गुमनाम मृत्यु !

एजेन्सी–पचासको दशककी चर्चित बलिउड अभिनेतृ शीला रमानीको गुमनाम मृत्यु भएको छ ।
सुन्दरी नायिका शीलाले विभिन्न देश घुम्दै अन्तिम अवस्थामा भने आफ्नै जन्मघरमा प्राण त्याग्न आइपुगेकी थिइन् । उनको मृत्यु मध्येप्रदेशको मउ जिल्लाको आफ्नै घरमा बुधबार भएको खबरमा बताइएको छ ।
एक समय फिल्मकर्मी र दर्शकको दिलको धडकन बन्न सफल यी नायिकाको मृत्युमा बलिउडमा कुनै ठाउँ नपाउनु भने आश्चर्यको विषय बनेको छ । बलिउडका हस्ति देखि सामान्य कलाकारले समेत उनलाईसम्झने कष्ट गरेनन् ।
‘ट्याक्सी ड्राइभर’मा देवानन्दसँग अभियन गरेर आफ्नो करिअरको सुरुवात गरेकी यी नायिका उनसँगै प्रेममा फस्न पुगेकी थिइन् ।
१४ वटा हिट फिल्ममा अभिनय गरेकी यी नायिका बलिउडपछि पाकिस्तानी फिल्म क्षेत्रमा पुगेर पनि आफ्नो अभिनय र सौन्दर्यको जादू प्रस्तुत गरेकी थिइन् । पाकिस्तानबाट भारत फर्केर ‘फन्टुस’ नामक फिल्ममा काम गरेपछि रातारात सेलिब्रेटी बनेकी थिइन् ।
विवाहपछि अस्ट्रेलिया, कोलम्बिया, दक्षिण अफ्रिकालगायतका देशमा समय बिताएपनि अन्तिम स्वास लिन भने आफ्नै जन्म ठाउँमा फर्किएकी थिइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment