Friday, July 17, 2015

४५ वर्षीया महिलाका छोराका बाबु १४ वर्षीय बालक

एजेन्सी : एक १४ वर्षीय बालक ४५ वर्षीया महिलाका छोराका बाबु बनेका छन् । भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लामा एउटा आश्चर्यमा पार्ने घटना बाहिर आएको छ ।

त्यहाँकी एक ४५ वर्षीया महिलाले १४ वर्षीय बालकमाथि आफ्नो सन्तानको पिता भएको आरोप लगाएकी हुन् । अर्कातिर आफूलार्इ आरोप लगाउने महिलाविरुद्ध ती बालकले आफ्नो यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

 महिलाले केही महिनादेखि आफूमाथि लगातार आरोप लगाएपछि ती बालकले घटबारे सहडोल जिल्लाका एएसपीकहाँ उजुरी दिएका हुन् । स्कुल पढ्दै गरेका ती बालकमाथि यो आरोप लागेको समाचारले भारतका मिडियामा चर्चा पाएको छ ।

ती बालकले महिलालार्इ चिन्ने बताएपनि उनीसँग कुनै किसिमको शारीरिक सम्बन्ध रहेको कुरालार्इ सरासर गलत भएको जनाएका छन् ।

ती बालकले पुलिसलार्इ बताएअनुसार महिलाको आफ्नो पतिका तर्फबाट यसअघि नै बच्चो रहेको छ । बच्चाको जन्म भएपछि उनका पतिको निधन भएको ती बालकको दाबीऊ छ ।

बालकले आफूमाथि गलत आरोप लगाएर ती महिलाले गाउँमा आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् ।

करिब २ महिनाअघि पनि यिनै बालकले महिलाविरुद्ध गोहपारू पुलिस स्टेशनमा निवेदन दिएका थिए । त्यो बेला छलफल गरेर विवाद मिलाइएको थियो । यो पटक पनि विवाद गाउँमै मिलाउन खोजिएपनि सम्भव नभएपछि कुरा प्रहरीसम्म पुगेको हो ।annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment