तर कुरा यस्तै छ । एस्टेरोइड माइनिङ कम्पनीले यो ग्रहलाई कुनै दिन पृथ्वीमा झारेर यसमा रहेको खनिज बिक्री गर्ने सपना सजाएको छ । यसमा रहेको प्लाटिनम बिक्रीबाट ५ दशमलव ४ ट्रिलियन डलर कमाउन सकिन्छ भन्ने अनुमान उनीहरुले गरेका छन् । ५ दशमलव ४ ट्रिलियन भनेको चाहिँ कति होला ? १० लाखको एक मिलियन हुन्छ । १००० मिलियनको १ बिलियन हुन्छ र १००० बिलियनको एक ट्रिलियन हुन्छ । यो छुद्र ग्रहमा रहेको खनिजको नेपाली रुपैयाँमा मूल्य निकाल्न गाह्रै छ ।
यो ग्रहको केन्द्रमा रहेको प्लाटिनम नामक धातुका कारण यसमा मानिसको चासो बढेको हो । यो छुद्र ग्रह भित्र १ सय मिलियन टन प्लाटिनम रहेको विश्वास गरिन्छ ।
यो छुद्र ग्रह पृथ्वीको जुन दूरिमा रहन्छ, त्यो भन्दा ३० गुणा नजिक आइबार आउँदै छ । बेलायतमा यस ग्रहलाई नियाल्ने तयारी भइरहेको छ । बेलायतमा ११ बजे राति यो छुद्र ग्रहको अवलोकन हनेछ । यसको नाम चाहिँ ‘एस्टेरोइड २०११ युडब्लु –१५८’ हो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment