Saturday, July 18, 2015

गुमेको श्रवण शक्ति पुनप्राप्त गर्न प्राकृतिक उपचार बिधि अपनाउनुहोस्

गुमेको श्रवण शक्ति पुनप्राप्त गर्न प्राकृतिक उपचार बिधि अपनाउनुहोस्

गुमेको श्रवण शक्ति फिर्ता ल्याउन तथा श्रवण शक्ति क्षमता विकाशका लागि घरेलु प्राकृतिक उपचार बिधि अति लाभदायक छ । आज हामी श्रवण शक्ति बलियो बनाउन अपनाउनुपर्ने प्राक्रितिक उपचारका बारेमा जानकारी गराउँदै छौं । त्यसका लागि तल उल्लेखित उपचार बिधि अपनाउनुहुन अनुरोध गर्दछौं ।

१. ग्रिन टी र रेड वाइन

रेड वाइन मश्तिष्क, मुटु, पाचन शक्ति, इम्युनिटि लगायतका लागि अति लाभदायक हुनुका साथै तपाईलाई तालुखुइले समेत हुन दिदैन भन्ने सत्य तथ्य बैज्ञानिकहरुले पत्तो लगाएका छन् । तर जब मानिसको कानले सुन्ने तथा श्रवण शक्तिको कुरा आउँछ, यो रेड वाइनमा आबद्ध किटाणु नाशक गुणले कानको भित्र रहेको रौंको रक्षा गर्छ जसका कारण कानभित्र हुन सक्ने संक्रमण हुन पाउँदैन ।

यो रातो वाइनले कानभित्र हुनसक्ने बाहिरी प्रभावलाई पनि सजिलै रोक्छ । रेड वाइन जस्तै ग्रीन टीले पनि उस्तै काम गर्छ । तसर्थ दैनिक एक कप ग्रीन टी पिउनाले श्रवण शक्ति राम्रो हुन्छ  अनि राती एक कप रेड वाइन पिउनाले पनि कान संबन्धी समस्याहरु हराएर जान्छ ।

२. रेड वाइन र लसुनको रस

जब कानको श्रवण शक्ति नष्ट भएको कुरा अगाडी आउछ, अनि यो रातो वाइन र लसुनको रसको मीश्रणलाई गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न अचुक ओखतीको रुपमा लिइन्छ । ३० एमएल लसुनको जुस र ३० एमएल रातो वाइन मिसाएर दैनिक रुपमा सेवन गर्नाले गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न सकिन्छ ।

२. लसुनको रसको थोपा

लसुनलाई अति महत्वपूर्ण र मनपर्ने सरदामका रुपमा लिइन्छ । उदाहरणका लागि, सिसिली बासीहरु लसुनको प्रयोग बिभिन्न रोग रोकथामका लागि प्रयोग गर्छन् । अनि तल उल्लेखित सरदाम श्रवण शक्ति मजबुत बनाउनका लागि अति महत्वपूर्ण मानिन्छ स्


जैतुनको तेलमा केही लसुनका केस्राहरु मसिनो हुनेगरि मिच्नुहोस् । लसुनको केस्राबाट जुस निस्किएको हुनै पर्छ । अनि मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । मीश्रणको केही थोपा कानमा हाल्नुहोस् र कानलाई कपासले थुन्नुहोस् ।

३. मह र दालचिनी

केही दालचिनीलाई मसिनो पारेर पिन्नुहोस् । अव यसलाई महमा मिसाउनुहोस् । मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । केही थोपा कानमा चुहाउनुहोस् । यसले श्रवण शक्ति गुम्न दिदैन र गुमेको श्रवण शक्ति पुन ल्याउन मद्धत पुर्याउछ । ओखती दिनको दुई पटक, बिहान र बेलुका, तयार पार्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment