‘मध्यचीनको हुनान प्रान्तका आला झोउले नयाँ जीवन पाएका छन्’, साङ्या अस्पतालका माइक्रो सर्जरीका विभाग प्रमुखले भने , ‘तर उनले अझै आराम गनुपर्ने छ ।’
सिङ्टोन शहर स्थित दुर्घटनामा परेका झोउको दाहिने हातको हत्केला छिनेको थियो । झोउले भनेका छन्, 'दुर्घटनाले मेरो दिमाख खाली बनाएको थियो, त्यो बेला हात छिनेको मात्र मलाई याद छ ।'
छिनेको हातमा गम्भीर असर पुग्नुका साथै नसामा समस्या देखिएपछि हात जोड्न चिकित्सक टोलीले एक महिना महिना बढीको समय पर्खनु परेको थियो । करिब १० घण्टा लामो सर्जरीपछि पहिलेकै अवस्थामा हात जोड्न चिकित्सकको टोली सफल भएको हो ।
तर यो सर्जरी भने पहिलो होइन । सन् २०१३ मा नै सोही चिकित्सकको टोलीले छिनेको हत्केलालाई गोडामा राखेर पुर्नः हात जोड्न सफल भइसकेको छ ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment