Saturday, July 18, 2015

२०७२ साल भरिको राशिफल

durga_jyotish
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

बर्षको पुर्वाधमा अनावश्यक झैझगडा आइलाग्ने तथा स्वास्थ्यमा प्रतिकुलता आउन सक्नेछ,आर्थिक क्षेत्रमा गिरावट आउनुका साथै लगानी गरे अनुरुप फल पाउन गाह्रो पर्नेछ,सवारी साधन तथा जग्गा जमिनका क्षेत्रबाट सोचेअनुसार फाइदा हुदैन,उत्तरार्धमा काममा सफलता मिल्ने,सुखको अनुभूति हुनुको साथै बहुमुल्य रत्नको लाभ हुनेछ,मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,नव दम्पतिको लागि सु-लक्षण युक्त सन्तान प्राप्तिको समय छ,शत्रु परास्त गर्न सकिनेछ,दाम्पत्य सम्बन्धमा उतार चढावको सामना गर्नु पर्ला,धर्म-कर्ममा लगाव बढ्नुका साथै मानसम्मान प्राप्त हुनेछ,सरकारी सेवामा रहने व्यक्ति हरुलाई वर्ष सामान्य छ,अधैयाशनि र छैठौ भावबाट पंचमभाव तर्फ बढने राहुको प्रभावले दुर्घटना बढाउने तथा साथीभाईमा वैमनस्यता बढाउन सक्नेछ, शनिग्रहकोको शान्ति गराउनाले राम्रो हुनेछ,श्रावण,कार्तिक,मङ्सिर र चैत महिना आर्थिक तथा पारिवारिक रुपमा खराब रहनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

वर्ष सामान्य छ,पराक्रम बढने तथा नयाँ लगानी गर्ने अवसर मिल्नेछ,आफन्त तथा मित्रजनको सम्बन्धमा प्रतिकुलता आउन सक्छ,पारिवारिक झमेलाको सामना गर्नुपर्नेछ,स्वास्थ्य सम्बन्धी कमजोरी आउन सक्छ,खानपानमा चनाखो रहनु होला,झुटा आरोपहरु लाग्ने तथा अनाबस्यक बिबादको सामना गर्नु पर्ने सम्भाबना देखिन्छ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,शत्रु पक्ष भने कमजोर रहनाले बिबाद र कानुनी झमेलामा अल्झिनु परे पनि अन्तत: जित तपाइको नै हुनेछ,सवारी साधनमा यात्रा गर्दा बिशेष चनाखो रहनुहोला,बर्षको उत्तरार्ध पढाई–लेखाइ र साहित्यिक क्षेत्रमा फलदायी समय रहनेछ,बैदेशिक यात्राबाट प्रशस्त सफलता मिल्नेछ,नोकरी गर्ने व्यक्तिहरुलाई समय केहि खराब देखिएपानी,व्यापारिक बर्गलाई भने उन्नतिप्रद समय रहनेछ,राज्य पक्षबाट नोक्सानी मिल्न सक्छ,जग्गा जमिन र पशु चौपाय क्षेत्रबाट लाभ मिल्नेछ,धार्मिकभावमा कमी आउनाले काममा अबरोध आउनेछन्,बैशाख,मङ्सिर,पौष,र चैत्र महिना केहि खराब देखिएकोले चनाखो रहनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

समय उन्नतिप्रद रहनेछ,दाम्पत्य सम्बन्धमा सुमधुरता छाउनेछ,सामाजिक मान प्रतिष्ठामा बृद्धि हुनेछ,रोकिएका कामहरु बन्ने छन ,धन संचय गर्ने अबसर मिल्नेछ,पारिबारिक अस्वस्थताले मनमा अशान्ति छाउनेछ,सन्तान क्षेत्रबाट उल्लेख्य सुख मिल्नेछ,नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ,वैदेशिक क्षेत्रमा रहनेहरुका लागि आयआर्जनमा उत्तम समय छ,सरकारी क्षेत्रबाट सहयोग मिल्ने छ,कृषि तथा पशुपालन र प्रकृतिजन्य व्याबसायबाट उन्नति हुनेछ ,मेसिन औजार र सवारी साधनबाट नोक्सान व्यहोर्नुपर्ला,व्यापार व्यवसायबाट सोचेअनुरूप प्रतिफल पाउन नसकेतापनि निराश हुनु पर्नेछैन, जेष्ठ,आश्विन,माघ र चैत्र महिना प्रतिकुल समय छ,बिष्णु भगवानको पुजा आराधनामा मन लगाउदा बर्ष फलदायी रहने देखिन्छ।


कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मान सम्मानमा वृद्धि हुने समय छ,उच्च पद प्रतिष्ठा पाउन सकिनेछ,कुल कुटुम्बमा सुमधुरता छाउनेछ,राजनीतिक क्षेत्रमा सफलता हाशिल गर्न सकिनेछ,शैक्षिक क्षेत्र प्रगत्यी जन्य देखिन्छ,खेलकुद र कलाकारिता संग सम्बन्धित व्यक्तिहरुलाई समय ले निकै साथ दिनेछ,स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,सन्तान पक्षबाट केहि बढी खर्च हुन सक्ने देखिन्छ,धर्म कर्ममा रुचि घट्न सक्ने देखिन्छ,दाम्पत्य सम्बन्ध सामान्य रहनेछ,ब्यापारिक व्यक्तिहरुलाई समय सामान्य रहनेछ,स्वास्थ्य र शैक्षिक क्षेत्रमा गरिएको लगानीले उच्चतम प्रतिफल दिनेछ,जग्गा जमिन तथा त्यस सम्बन्धि क्षेत्रबाट खासै उपलब्धि हासिल हुन सक्ने देखिन्न,आषाढ,कार्तिक र फाल्गुन महिनामा बिशेष चनाखो रहनु पर्ने देखिन्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
निर्णयहरु बिबादित रहनेछन्,बिचार पूर्बक निर्णय लिनु उपयुक्त हुनेछ,अधैया शनिको प्रभाब वर्ष भरि नै रहने हुदा,मान सम्मानमा आँचआउने,पारिवारिक स्वास्थ्यमा कमजोरी,सवारी साधनबाट नोक्सानी तथा शारीरिक तथा आर्थिक क्षति जस्ता समस्या आउन सक्छ,शनि देबको शान्ति गर्नु पर्ने देखिन्छ,ब्यापार ब्यबासयामा उतारचढाव आउनेछ,बर्षको अन्त्यमा पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,पशुपक्षीबाट खासै लाभ हुने देखिन्न,कृषि पदार्थमा भने लाभ मिल्नेछ,नोकरीमा अपजस आउन सक्ने तथा अनाबस्यक झमेला आउन सक्ने देखिन्छ,बैदेशिक क्षेत्रबाट सोचे अनुरुप सफलता नपाइएला,राजिनितिमा अपबाद लाग्न सक्छ,आफन्त तथा साथीभाई संगको सम्बन्धमा तिक्तता आउन सक्छ,सन्तान प्राप्तिको उत्तम समय छ,श्रावण,मंसिर र चैत्र महिना अलिक खराब देखिन्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

बर्षको पूर्बार्धमा पढाई लेखाई को क्षेत्रमा प्रगति हुनेछ,स्वदेश तथा विदेश बात पनि लाभ मिल्ने देखिन्छ,सम्मानित पद-प्रतिष्ठा पाइनेछ,पशु ब्यबसाय तथा कृषि जन्य पदार्थ बाट लाभ मिल्नेछ,दाजु भाई संग को सम्बन्धमा कमजोरी आउनेछ,कानुनि अड्चनहरु आइलाग्नेछन्,नोकरीमा लाभ मिल्नुको साथै पदोन्नतिको हुने देखिन्छ,नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,तीर्थयात्रा तथा मनोरन्जनात्मक यात्राको अवसर मिल्नेछ,परिवारमा मांगलिक कार्य हुनेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ गोचारमा द्वादश भावमा प्रवेश गर्ने गुरुले बर्षको उत्तरार्धमा बिबाद,आन्तरिक झमेला,स्वास्थ्यमा प्रतिकुलता,र अनाबस्यक खर्च जस्ता फल दिनेछ,नंया कामको थालनी बर्षको पूर्बार्धमा नै गर्दा उत्तम हुनेछ,बैशाख,भाद्र,आश्विन र पौष महिना आर्थिक तथा स्वास्थ्यगत दृष्टिमा कमजोर देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

शरीरमा अस्वस्थता बढ्नाले काममा अबरोध आउनेछ,सरकारी पक्षबाट क्षति बहोर्नु पर्ने देखिन्छ,दैविक बिपत्तिहरु आइलाग्न सक्नेछन्,पिता पुत्रको सम्बन्धमा क्रमिक सुधार आउनेछ,जग्गा जमिन तथा बैदेशिक क्षेत्रमा लगानी गर्ने ब्यबसायीलाई सुखद समय रहनेछ,पढाई लेखाईको क्षेत्रमा सुधार देखिएता पनि निर्णय क्षमतामा ह्रास आउनाले बिबादित रहनु पर्ला,रोकिएका कामहरु पूरा हुनेछन,पुरस्कार तथा उपहार प्राप्ति हुनेछन्,बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,सवारीसाधन सम्बन्धि ब्यबसायमा घाटा बहोर्नु पर्ला,यात्रा फलदायी रहनेछ,अन्त्य साढेसातिको प्रभावले शीर,नशा,जोर्नी सम्बन्धि समस्याले सताउने,संचित धनको नोक्सानी,बोलीमा प्रतिकुलता जस्ता दुष्फल दिलाउनेछ, कुण्डलीमा खराब स्थानमा शनि भएका व्यक्तिहरुले शनि ग्रहको शान्ति गर्नु पर्ने देखिन्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

भाग्यले साथ दिनेछ,पारिवारिक सामिप्यता बढ्नेछ,दाम्पत्य सम्बन्ध रोमान्चित रहनेछ,स्वास्थ्यमा प्रतिकुलता देखिन सक्छ,ब्यापार ब्यबसायमा उन्नति हुनेछ,नोकरी बाट भने अपेक्षा गरे अनुरुप सन्तुष्टि पाउन नसकिएला,त्रिकोणबाट केन्द्र तर्फ बढ्ने गुरु को प्रभावले धार्मिक तथा मनोरन्जनात्मक यात्रा गर्ने अवसर जुटाउनेछ,मान्यजन संगको सम्बन्धमा उल्लेख्य प्रगति हुनेछ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,राजनीतिक क्षेत्र सफल रहनेछ,मध्ये शाढेसातिको प्रभावले शरीरमा स्वास्थ्यगत समस्या आउन सक्ने देखिन्छ,रिस बढ्ने,आफन्त संगको सम्बन्धमा कमजोरी आउने तथा मनमुटाब गराउन सक्ने सम्भाव्यता देखिएकोले बिशेष चनाखो रहनु पर्ने देखिन्छ,शनि जन्य शान्ति गर्दा शुभफल प्राप्ति हुनेछ,बैदेशिक रोजगारमा रहने र जाने हरुको लागि बर्ष मध्यम रहनेछ,अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्ने समय रहनेछ,आषाढ,कार्तिक,र फाल्गुन महिना कमजोरी रहनेछ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius:

सुरुवाती समयहरुमा खर्च,बिबाद र झैँ-झागडमा बृध्दि हुने देखिन्छ,आफै संयमित रहनु होला,त्रिक स्थान बाट त्रिकोण तर्फ प्रवेश गर्ने गुरुको प्रभावले आषाढ पछी बिशेष भाग्योदय गराउनेछ, नंया सन्तान प्राप्तिको योग देखिन्छ, प्राबिधिक क्षेत्रमा कार्यरत र लगानी गर्ने व्यक्तिहरुलाई उच्चतम सफलता मिल्ने देखिन्छ,पारिवारिक क्षेत्रमा केहि कमजोरी आउनेछ,,कानुनी झमेला बाट मुक्ति पाइनेछ,दाजु भाई तथा इष्ट मित्र आफन्तबाट अपेक्षाकृत सहयोग पाउन गार्हो पर्नेछ,खानपिन,सार-सज्जा जस्ता काम र मनोरन्जनात्मक यात्रामा संचित धनको खर्च हुने देखिन्छ,नंया साथीहरु संगको चिनजानले दिर्घकालिन परिवर्तनको संकेत देखिनेछन्,यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिन र पशु पालनको क्षेत्रमा सफलता मिल्नेछ,आद्य साढेसाती दशाको प्रभाब वर्ष भरिनै रहनाले जन्म कुण्डलीमा खराब स्थानमा शनि हुने व्यक्तिहरुलाई खराब फल दिने छ,शरीरमा क्लेश,धनको क्षति,आफन्तमा मन-मुटाब,संचित धनको नोक्सानी जस्ता फल दिनेछ,बैदेशिक यात्रा सामान्य रहनेछ,व्यापारिक बर्गलाई खराब समय रहनेछ,मान्यजनको सल्लाह,सुझाब र आशिर्बाद लिएर गरेका काममा बिशेष सफलता मिल्नेछ, श्रावन,मंसिर,र चैत्र महिना केहि खराब रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)Capricorn :

मकर राशी हुनेहरुको लागि बर्ष २०७२ सामान्य रहनेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,अबिबाहितहरुको लागि बिपरित लिंगीबाट अकल्पनीय आरोप आउन सक्ने देखिन्छ,प्रेम सम्बन्धमा कमजोरी आउनाले चिन्ता बढ्नेछ,मान प्रतिष्ठामा आंच आउन सक्छ,बोल्दा निर्णय लिदा र सलाह दिदा बिशेष चनाखो रहनु होला,रोग ब्याधिले गर्दा खर्च बढाउनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,सन्तानबाट सन्तुष्टि मिल्ने तथा आनन्दको अनुभूति मिल्नेछ,कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,राजनीतिमा आफ्नै जिद्दीपन र घमण्डले गर्दा पछी परिएला,पढाई लेखाईमा प्रगति हुनेछ,बैंकिंग तथा सेयर बजारमा जस्ता क्षेत्र बाट लाभ मिल्नेछ,विदेश तथा बैदेशिक ब्यबसायमा सन्तोषजनक फल पाउन कठिन देखिन्छ,धार्मिक कार्यमा समय व्यतीत हुने र ठुला व्यक्ति संगको सम्बन्ध विस्तारले प्रगतिका बाटाहरु बढ्नेछन,बैशाख,भाद्र,पौष र माघ महिना आर्थिक तथा स्वास्थ्यगत दृष्टिले कमजोर देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

बर्षको पूर्बार्धमा खर्च विवाद तथा आफन्त संगको सम्बन्धमा कमजोरी बढ्नाले झंझटिलोरहनेछ,काम बिगार्ने तत्वहरु निकै सक्रिय रहनेछन,दुर्घटनाको सम्भाबना रहनु को साथै पशु बाहनादीबाट घात हुनेछ,गोचरमा त्रिक स्थानबाट केन्द्र तर्फ बढेको बृहस्पती को प्रभावले बर्षको उत्तरार्ध शुभफल प्रदान गरेता पनि द्वितीय स्थानमा रहेको केतु र केन्द्रमा रहेको शनिको प्रभावले पूर्ण फल प्रदान गर्न नदिदा वर्षसामान्य रहनेछ,गत्यावरोध आएको सम्बन्धमा स्थाईत्व प्राप्ति हुनेछ,दिर्घकालिन प्रभाब पार्ने कामको थालनीहुनेछ,बोलीमा आउने सकारात्मक भावले काममा सफलता प्रदान गर्नेछ,स्वास्थ्यमा क्रमिक सुधारको संकेतदेखिनेछ,पारिवारिक सम्बन्धमा निकै सुधार आउनेछ,दाजु भाइको सम्बन्धमा भने कमजोरी यथावत रहला,नोकरिमाशुभ संकेतहरु देखा पर्नेछन,नंया रोजगारी मिल्ने तथा स्थानान्तरण हुन सक्ने समय रहेकोछ,ब्यापारी बर्गलाई बर्ष निकैउन्नति दायक रहनेछ,दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,चनाखोरहनुहोला,पढाइ लेखाइ को क्षेत्रमा प्रगति हुनाको साथै बौधिकतामा बृध्दि हुनेछ,लामोदुरिको यात्राको अवसर मिल्नेदेखिन्छतथापि बिशेष चनाखो भई यात्रा गर्नुहोला,सन्तान तथा नोकर बर्ग बाट खर्चमा बृध्दि हुनेछ,भाग्यले निकै साथदिनेछ,काममा लगाब बढ्ने तथा फसेका धन उठ्नेछन,धार्मिक भावमा कमी आउन सक्ने देखिन्छ,साझेदारीको काममाखासै उपलब्धि हुन सक्ने देखिन्न,ज्येष्ठ,आषाढ,असोज र माघ महिना बिशेष चनाखो रहनु पर्ला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
मीन राशीका व्यक्ति हरुलाई यस बर्ष नंया बाहन र जग्गा जमिन प्राप्ति हुने समय देखिन्छ,आफ्नोकाममा सफलता मिल्दा मन हर्षित रहनेछ,धार्मिक भावमा कमी आउनाले काममा सफलता पाउनकेहि बिलम्ब हुन सक्छ,रोकिएका कामहरु पुरा गरिनेछन,कृषि पशुपालन र त्यस संग सम्बन्धित ब्यापार बाट लाभमिल्नेछ,मनमा आँट र भरोसा बढ्नाले काममा सफलता मिल्नेछ,आकस्मिक धन प्राप्ति तथा मान पदवी पाउने अवसरमिल्ला,आफ्नै घरमा रहेको केतुले महत्वाकांक्षी योजना हरु बन्ने तर पूरा गर्न गाह्रो पर्ने देखिन्छ,दाम्पत्य सम्बन्धमाकमजोरी ल्याउन सक्छ,ब्यापार व्यवसायमा प्रतिफल पाउन कठिन मेहनत गर्नु पर्नेछ,नोकरीमा अनाबस्यक झैँ झमेलाआउने तथा स्थानान्तरण हुन सक्छ,बर्षको उत्तरार्धमा शत्रु सक्रिय रहनाले काममा बिध्नबाधाको सामना गर्नुपर्ला,आफन्त तथा मान्यजन संग बैर भाब उत्पन्न हुन सक्ला,दैविक विपति आइलाग्दा नोक्सानी व्यहोर्नु पर्न सक्छ,भौतिक शुख सुविधामा कमी आउने तथा राज्य पक्षबाट जरिबाना को सम्भाबना पनि देखिन्छ,बैदेशिक क्षेत्र बाट भनेप्रशस्त सफलता मिल्नेछ,आषाढ,श्रावण,कार्तिक रफाल्गुन महिना खराब हुन सक्छ।
nepalesefolkdance.blogspot.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment