Saturday, July 18, 2015

यी हुन् पान बेचेर छोरालाई डाक्टर बनाउने बाबु

सुनसरी, २ साउन । आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाइ । यहाँका पान पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुने छन् ।
इनरुवाको कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई भित्रबाटैअठोट जागेर आयो तीन भाई छोरा र एउटी छोरी मध्ये एउटा सन्तान डाक्टर बनाउने । पढाइमा निकै तेज जितेन्द्रलाई उनले कक्षा ७ पढ्दै गर्दा भने, ‘बाबु तँ राम्रोसँग पढ्, डाक्टर बन्नुपर्छ ।’
सानो मान्छे हुँदा समाजको मै हुँ भन्न् हेपाहा प्रवृत्ति खेपेका महेश्वरले छोरालाई ठूलो मानिस बनाउने सपना सजाए ।  नभन्दै ०६८ मा जितेन्द्रले एमबीबीएस प्रवेश परीक्षा पास गरे । त्यसपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा २४ लाख तिरेर भर्ना गराए । कान्तिपुर दैनिकमा समाचार छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment