काठमाडौं । यदि तपार्इंको फेसबुकमा मनिषा कोइरालाको एकाउन्टबाट कुनै म्यासेज आयो भने मक्ख नपर्नु होला । यो कुरा अरूले होइन स्वयं मनिषाले ट्विटरबाट जानकारी गराएकी छन् । यस्तो म्यासेज नखोल्न पनि उनले अनुरोध गरेकी छन् । किन भने यो भाइरस मात्र हो ।
बलिउड अभिनेत्री मनिषा कोइरालाको फेसबुक एकाउन्ट ह्याक गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । जसका कारण उनको एकाउन्टबाट जहाँतहीँ म्यासेज गइरहेका छन् । सोसियल नेटवर्किङमा निक्कै सक्रिय मनिषाले आप्नो फेसबुक एकाउण्ट ह्याक भएको ट्विटरमार्पmत जानकारी दिएकी छन् ।
मनिषाले ट्विटरमा लेखेकी छन्, ‘यदि तपाईंलाई मेरोबाट कुनै म्यासेज आयो भने कृपया त्यसलाई नखोल्नु होला । मैले तपाईंहरू कसैलाई पनि कुनै किसिमको म्यासेज पठाएको छैन, यो एक भाइरस हो, कसैले ह्याक गरेका छन् ।’
पछिल्लो समय रामगोपाल बर्माको थ्रिडी हरर चलचित्र ‘भूत रिटन्र्स’ मा देखिएकी मनिषा हाल नेपालमै छिन् । हिजोआज उनी भूकम्पपीडितको राहत कार्यमा व्यस्त छिन् । (सौस)
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment