Friday, July 17, 2015

दाउन्नेमा भएको सवारी दुर्घटनामा आठको मृत्यु, पूरा विवरण आउन बाँकी

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी३२डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो । दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिए। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना खुल्न सकेको छैन । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment