पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेका मन्त्री गौतमले संसद्मा प्रस्तुत हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा बजेटबारे चर्को असन्तुष्टि पोखेका थिए। बजेट बिनाछलफल प्रस्तुत गरिएको भन्दै मन्त्री गौतमले एमाले सभासद्हरू यसको विरोधमा रहेको र उनीहरू विपक्षमा प्रस्तुत भए त्यसको जिम्मेवारी आफूले नलिने जानकारी मन्त्रिपरिषद् बैठकलाई गराएका थिए।
अर्थमन्त्री डा. रामशरण महतले बजेटका मुख्य बुँदाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेपछि गौतमले एकतर्फी रूपमा कांग्रेसको मात्रै बजेट आएको भन्दै आफ्नो पार्टीका तर्फबाट विरोध रहेको बताएका थिए । राष्ट्रिय बजेटजस्तो विषयमा सत्तासहयात्री दलसँग छलफल नै नगरेको, विगतमा एमालेले ल्याएका चर्चित कार्यक्रम कटौती गरेको भन्दै गौतमले आपत्ति प्रकट गरेको मन्त्रिपरिषद् स्रोतले बतायो ।
मदन भण्डारीका नाममा कार्यक्रम ल्याएको उदाहरण दिँदै अर्थमन्त्री महतले एकतर्फी नभएको जबाफ दिएपछि गौतम केही उत्तेजितसमेत भएका थिए। उनले कांग्रेसका हरि खड्का (सडक दुर्घटनामा ज्यान गुमाएका बागलुङका कांग्रेस सभासद्) सँग मदन भण्डारीलाई दाँजेर अपमान गरेको आरोप लगाएका थिए। मन्त्रीपरिषद् बैठमा प्रधानमन्त्री सुशील कोइराला समेत उपस्थित थिए । अन्नपूर्ण पोस्टमा खबर छ
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment