Wednesday, July 15, 2015

घरसँग घर भएकी मञ्जिला श्रेष्ठले लताशाले छतबाट हाम फालेको देखे पछि

८ दिनअघि टोखास्थित २ तले घरको छतबाट लडेर मृत्यु भएकी लताशा क्षेत्रीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका छन्। प्रहरीले लताशाले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको बताएको छ भने लताशाका परिवारले उनको हत्या भएको हुन सक्ने बताएका छन्। ७ महिनाअघि नेपाली सेनाका मेजर विष्णु कार्कीसँग विवाह बन्धनमा बाँधिएकी नुवाकोट समुन्द्रदेवीकी २३ वर्षीया लताशाको मृत्युबारे कार्की परिवार र उनका माइती पक्षबीच कुरा बाझिएको छ।

छिमेकीले प्रहरीलाई दिएको बयान
टोखामा कार्की परिवारको घरसँग घर भएकी मञ्जिला श्रेष्ठले लताशाले छतबाट हाम फालेको देखेकी थिइन। उनले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो ४ बज्न लाग्दा उनका श्रीमान सेनाकै पोशाकमा घरभित्र छिरे। अन्दाजी २ मिनेटपछि लताशा छतमा आइन् । छतको डिलमा २ वटा खुट्टा तल झारेर हात टेकेर उनी बसेकी थिइन्। श्रेष्ठ बसेको छततिर उनी फर्किएकाले देखादेखा हुन्थ्यो। लताशाले दुबै खुट्टा तल झारेर बसेपछि श्रेष्ठले उनलाई लडिएला, कसरी बसेको भनिन्। नभन्दै लताशा खस्न पुगिन्। उनी लडेको आवाज र श्रेष्ठ चिच्चाएपछि उनका श्रीमान बाहिर आए।  छिमेकीहरु पनि जम्मा भए।

आत्महत्या जस्तो नै देखिन्छः प्रहरी
लताशाको मृत्यु भएदेखि नै अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले लताशाको हत्या नभइ उनले आत्महत्या नै गरेको जनाएको छ। महाशाखाका एसएसपी सर्बेन्द्र खनालले अनुसन्धान गर्दा लताशाले आत्महत्या नै गरेको खुल्न आएको बताए। महाशाखाले लताशाको मृत्युपछि कर्तव्य ज्यान, भवितब्य र आत्महत्या मुद्दालाई आधार मानेर अनुसन्धान गरेको थियो।

कार्की दम्पतीबीच सामान्य विवाद भएको हुनसक्ने प्रहरीले आंशका गरेको छ। प्रहरीले दुवै जनाको मोबाइलको कल डिटेल र एसएमएस प्रहरीले हेरेको छ। ७ महिनादेखि उनीहरुबीच एसएमएसमा कुनै विवाद नदेखिएको अनुसन्धानमा संलग्न डिएसपी दीपक रेग्मीले जानकारी दिए। प्रहरीले दुवै जनाको अन्यसँग अफेयर नभएको पनि प्रष्ट पारेको छ। लताशा सासू र श्रीमानसँग बस्दै आएकी थिइन्। परिवारमा कलह पनि नभएको डिएसपी रेग्मीले बताए।

५ बजे जागिर छुट्ने मेजर कार्की एक्कासी ४ बजे कसरी घर पुगे भन्ने पनि अनुसन्धानको घेरामा रहेको  प्रहरीले जनाएको छ । त्यस दिन घरमा बिहान कसैले पनि खाना नखाएको र पकाएको खानेकुरा जस्ताको त्यस्तै भाडामा नै रहेको प्रहरीले बताएको छ।

छोरीको मृत्यु रहस्यमय छःलताशाकी आमा
लताशाका माइती पक्षले भने हत्या रहस्यपूर्ण भएको भन्दै निष्पक्ष छानविन गर्न माग गरेका छन्। अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको उनीहरुको दाबी छ। आफ्नी छोरीको हत्या रहस्यपूर्ण रहेको, घटनास्थलमा रगत नदेखिएको र छोरीको मृत्युका विषयमा ज्वाईं विष्णु कार्कीले ढिलो खबर गरेको लताशाकी आमा शारदा क्षेत्रीले प्रहरी सामू वयान दिएकी छन्।
विवाह भएदेखि नै लताशाले आमासँग विष्णुले आफूलाई शंका गर्ने गरेको र उसलाई खुसी पार्न नसकेको भन्दै गुनासो गर्ने गरेकी थिइन्।
घटनास्थलको प्रकृति हेर्दा पनि लताशाले माथिबाट जानाजान हाम्फालेकी होइनन् भन्ने अनुमान गर्न सकिन्छ । घरको छतमा रहेको स्लोप र उनी तल खसेको स्थान लगगभ धागो तानेजस्तो सिधा छ । फाल हालेकी भए पर पुग्थिन् होला ।

माथिबाट खस्दा कम्पाउण्ड वालमा रहेको फलामे बारको चुच्चोमा उनको शरीर अल्झेको देखिन्छ । फलामे बारको एउटा चोसो नै भाँचिएको छ । त्यसमा अल्झेका कारणले नै उनी घोप्टिएर टाउको तल बजारिएको अनुमान गर्न सकिन्छ ।

लतासाका माइती पक्षले उनी खसेको भनिएको स्थानमा रगतको थोपा पनि नदेखिएको भन्दै आशंका व्यक्त गरेका छन् । तर, विष्णुका आफन्त र छिमेकीहरु भने केहीबेरमा भएको भारी वर्षाले रगत पखालेको बताउँछन् ।

होहल्ला भएपछि तत्कालै वरपरका मानिसहरु घटनास्थलमा जम्मा भएका थिए । त्यहीँ नजिकै घर भएका विष्णुका ठूलोबुवाका छोराले गाडी निकालेर उनलाई १० मिनेटमा हस्पिटल पुर्‍याए । विष्णु पनि सँगै गए । हस्पिटल पुर्‍याउनुअघि नै लतासाको मृत्यू भइसकेको थियो ।

डाक्टरले मृत घोषित गरेपछि विष्णु निकैबेर अचेत भएको उनका दाजुले सुनाए ।

लतासालाई अस्पताल लगिसकेपछि विष्णुकी बहिनीले लतासाको माइतीघरमा फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् । लतासाको परिवारले विष्णु आफैंले किन फोन गरेनन् भन्ने प्रश्न उठाएका छन् । तर, विष्णुका आफन्त उनी फोन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।

डाक्टरले मृत घोषित गरेपछि लतासाको शवलाई ग्राण्डीबाट पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगियो । लतासाका बाबुआमा धरानबाट गाडी रिजर्भ गरी राति २ बजे काठमाडौं आइपुगे । उनीहरु आउँदा शवलाई टिचिङ पुर्‍याइसकेको थियो । लतासाका हजुरबुवाले मुचुल्कामा सही गरेका थिए ।

भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीमा पुगेर लतासाका बाबुआमाले ज्यानसम्वन्धी जाहेरी दर्ता गरे । उनीहरुले ज्वाइँ विष्णुविरुद्ध किटानी जाहेरी दिन चाहे पनि प्रहरीले लिन मानेन । महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी प्रमुखले जाहेरीमाथि अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताएका छन् । ‘अहिले निस्कर्ष आइसकेको छैन, त्यसैले यसबारे केही बोल्नु हतार हुन्छ,’ उनले भने ।www.dcnepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment