Wednesday, July 15, 2015

पाकिस्तानमा बुधबार एकैदिन दुई ठूला भूकम्प

काठमाडौं, ३० असार । पाकिस्तानमा बुधबार एकैदिन दुई ठूला भूकम्प गएका छन् ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार पाकिस्तानको खुजदार प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । पाकिस्तानको स्थानीय समय अनुसार बुधबार बेलुका पाँच बजेर २६ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको थियो
त्यसको १ मिनेटमै अर्काे ठूलो धक्का महसुस गरिएको थियो । पाकिस्तानमा गएको भूकम्पको धक्का ५ दशमलब ६ रेक्टर स्केलको हो । पहिलो धक्का ५ दशमलब ५ रेक्टर स्केलमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातारको भूकम्पको ठूलो धक्काले लाखौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment