ओएनएस बजेटका विषयमा धारणा बनाउन नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । बिहान सिंहदरबारमा बोलाइएको बैठकमा बजेटका एमाले भनेका कार्यक्रम परे नपरेको विषयमा समिक्षा गरेर त्यसको धारणा बनाउने छ । प्रारम्भिक रुपमा एमालेले विरोध जनाइसकेको छ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रूपमा बजेट ल्याएको बताएको छ ।
एमालेले यसअघि पनि १६ बुँदे सहमतिमा हस्ताक्षर गरेका राजनीतिक दलबीच नीति तथा कार्यक्रम र बजेटमा छलफल गरेर सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएको थियो। बजेट पेस भएको केहीबेरमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई संविधानसभा भवन नयाँबानेश्वरमै भेटेर कांग्रेसले एकपक्षीय रूपमा बजेट ल्याएको भन्दै पारित नगर्ने चेतावनी दिएका हुन्। ‘बजेट सन्तुलित छैन, एकपक्षीय रूपमा ल्याउनुभयो, बजेटमा हाम्रो समर्थन हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। प्रमुख सचेतक अग्नि
खरेलले बजेटप्रति एमालेको गम्भीर आपत्ति रहेको प्रतिक्रिया दिए। उनले असन्तुलित, एकपक्षीय भएकाले छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। ‘कांग्रेसले एकपक्षीय रूपमा बजेट पेस गरेको छ,’ खरेलले भने, ‘बजेट असन्तुलित र गैरजिम्मेवार छ, यसमा हाम्रो तीव्र असन्तुष्टि छ। यस विषयमा छलफल गर्न बिहान संसदीय दलको बैठक बोलाएका छौं।’
खरेलले पनि प्रधानमन्त्रीलाई नै भेटेर बजेट असन्तुलित रहेको जानकारी गराएको बताए तर अन्य विषयमा संसदीय दलको बैठकमा नै छलफल हुने उनको भनाइ छ। मन्त्रिपरिषद स्रोतका अनुसार एमालेले कांग्रेसका स्वर्गीय सभासद हरि खड्काको नाममा बाग्लुङमा ट्रमा सेन्टर खोल्ने विषयसहित धेरै कार्यक्रम एकलौटी ल्याएको भन्दै असन्तुष्टि जनाएको छ।
भिडियो हेर्न तल किल्क गर्नुहोस:
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment