Wednesday, July 15, 2015

नेपालका तीन सहरलाई स्मार्ट सिटी बनाइने

काठमाण्डु, ३० असार– सरकारले आगामी आर्थिक वर्षमा ‘पुरातात्विक क्षेको पुनर्निर्माणका लागि दूरसञ्चार सेवा दस्तुर लगाउने भएको छ । पुनर्निर्माण र अन्य कोषभन्दा बाहेक छुट्टै सम्पदा कोष स्थापना गरेर दूर सञ्चार दस्तुर लगाउने भएको हो । उक्त रकम भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणमा लगाउने बजेट भाषणमा जानकारी दिइयो ।
हाल दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत छ । ‘यो कोषमा स्वदेश तथा विदेशमा बसेका नेपालीले रकम जम्मा गर्न सक्नेछन्’ बजेटमा भनिएको छ । भूकम्पद्वारा क्षति पुगेको पुरातात्विक संरचनालाई तिनको मौलिक स्वरुप कायम राख्ने गरी आधुनिक प्रविधिको सहयोगमा निर्माण गर्ने सम्पदा कोषको रकम प्रयोग हुनेछ ।
यसका साथै सरकारले आगामी वर्ष काठमाण्डु, उपात्यका, लुम्बिनी र निजगढमा स्र्मा सिटीको विकास गर्ने घोषणा गरेको छ । यसका लागि आगामी वर्ष गुरुयोजना तयार हुने अर्थमन्त्री महतले बताए ।
–कान्तिपुर दैनिकबाट


भिडियो हेर्न तल किल्क गर्नुहोस:

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment