घरभित्र पुरिएको अवस्थामा ६० वर्षीया बेलमती परियार र उनका ८ वर्षीय नाति अनिश परियारलाई जीवितै उद्धार गरिएको हो । घरपछाडिको भित्तो भत्केर घर पुरेपछि भित्र रहेका हजुरआमा र नातिलाई स्थानीयवासीले उद्धार गरेका छन् । घरभित्र सुतिरहेको अवस्थामा पुरिएपछि घाइते भएका दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धार टोली पुगेको छ । पहिरोले अन्य मानवीय क्षति नभएको र घरभित्र रहेको अन्नपात, कुखुरा र लत्ताकपडा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए। राससnepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment