शुरुआती रेकर्डमा भूकम्प ७.५ म्याग्निच्यूडको भएको समाचार आएको थियो । पछि रेकर्डमा सुधार गरेर भूकम्प ७ म्याग्निच्यूड बताइएको हो ।
यो भूकम्पको केन्द्रबिन्दु सोलोमन द्वीपसमूहको लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरमा रहेको थियो । यो स्थान राजधानी होनियाराबाट लगभग ५८३ किलोमिटरको दुरीमा रहेको छ ।
भूकम्प ७.३ म्याग्निच्यूडको बताउँदै जियोसाइन्स अस्ट्रेलियाले भूकम्प प्रभावित क्षेत्रको केही हजार किलोमीटर परसम्मको भूभागमा सुनामी आउने आशंका जनाएका थिए ।
अमेरिकाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले यो भूकम्प ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । सबै तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरुले सुनामीको आशंका करिब समाप्त भएको जनाएका छन् ।
यसअघि सन् २०१३ मा सोलोमनमा ८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो क्षेत्रमा १० जना मानिसको ज्यान गएको थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं मानिस विस्थापित भएका थिए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment