Sunday, July 19, 2015

महिलाले यसरी कारभित्रै जन्माइन् बच्चा, श्रीमानले खिचे भिडियो

बच्चा जन्माउनका लागि श्रीमानले कारमा चढाएर उनलाई अस्पताल लगिरहेका थिए । तर उनले अस्पताल नपुग्दै कारभित्रै बच्चा जन्माइन् अनि बच्चा जन्माइरहँदाको त्यो दृश्यलाई उनका लोग्नेले क्यामरामा कैद गरे ।

यो घटना अमेरिकाको हस्टनको हो । साँच्चीकै विश्वासै गर्न नसकिने खालको छ यो क्षण । जहाँ कारको अघिल्लो सिटमा बसेकी एक महिलाले साढे ४ किलो तौलको शिशु बसीबसी जन्माइन् र हातमा समातिरहेकी छिन् । यु ट्युबमा राखिएको एक भिडियोमा महिलाले आफै बच्चा जन्माइरहेकी छिन् र उनको श्रीमानले उक्त गाडीलाई तिव्र गतिमा बे एरिया बर्थ सेन्टरतर्फ कुँदाइरहेका छन् ।

उक्त भिडियोको सुरुवातमा भनिएको छ, ‘हामीले ४५ मिनेट गाडी चलाइसकेका छौँ ।’
धेरैपटक रोएको आवाज सुनेपछि ती नाम नखुलाइएकी महिलाले आफ्नो यौनांगबाट बच्चाको टाउको बाहिर निस्किसकेको थाहा पाइन् । त्यसपछि उनले आफ्नो पाइन्ट तल सारिन् र बच्चालाई थुत्न थालिन् । त्यसपछि उनीसँगै रहेका पुरुषले उनलाई स्याबासी दिँदै भन्छन्, ‘हो हामीले गर्यौँ ।’
बच्चा जन्मिएपछि ती महिलाले भनेकी छिन्, ‘ऊ कारभित्रै जन्मियो । ओ माइ गड । निकै सुन्दर । म के गरु ?’

उक्त जोडीको त्यो तेश्रो बच्चा रहेछ । त्यसअघिका दुइ बच्चा बे एरिया बर्थ सेन्टरमै जन्मिएका रहेछन् । हेरौँ कारमै बच्चा जन्माउदाको भिडियो
www.onlinekhabar.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment