Tuesday, August 4, 2015

महादेव मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस राजधानीमा दुर्घटना

भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् ।
लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।
डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन गरेर फर्कने क्रममा डोलेश्वरभन्दा माथि माइक्रोबस दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर रहेका दुईजनाको बिएन्डबी अस्पताल ललितपुरमा, पाँचजनाको नागरिक अस्पताल गट्ठाघरमा र आठजनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment