मंगलबार हुने ‘सुपर ट्युस्डे सोडाउन’ अघि उनले अमेरिकी जनतालाई उनीहरुको खोसिएको जागिर फिर्ता दिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । ६९ वर्षीय रियल स्टेट टाइकुन गत वर्षमात्र राजनीतिमा प्रवेश गरेका थिए । तर, अहिले उनको समर्थनमा धेरै अमेरिकीहरु रहेको देखिएको । उनी रिपब्लिकन पार्टीबाट उम्मेद्वार बन्ने होडमा अग्रपंक्तिमा रहेका छन् । एयरपोर्टको ह्यांगरमा लगभग ५ हजार जनतालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका, चीन र मेक्सिकोबाट खोसिएका जागिर फिर्ता गरेर अमेरिकालाई पुनः उत्कृष्ट बनाउने प्रतिबद्धता प्रकट गरे । उनले अमेरिका–मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्नेदेखि आइएसलाई निर्मुल पार्नेसम्मको योजना प्रस्तुत गरे । ‘उनीहरुले हाम्रो जागिर खोसिरहेका छन्, चीन, जापान, भारत सबैले हाम्रो जागिर खोसिरहेको छ, तर अब त्यस्तो हुँदैन,’ उनले भने । उनको हरेक प्रतिबद्धतालाई तालीको गडगडाहटले स्वागत पाएको थियो । उपस्थित अमेरिकी जनताले ‘ट्रम्प, ट्रम्प’ ‘अमेरिका, अमेरिका’ भन्दै नारा लगाएका थिए । ratopati
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment