Sunday, February 28, 2016

बल्ल घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

काठमाडौं, १६ फागुन । पछिल्लो समय निरन्तर ओकालो लागेको सुनको भाउ घट्न थालेको छ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
गत हप्ता १ हजार रुपैयाँले महंगिएको यो सताको पहिलो दिनमै सुन पहिलो दिनमै ५ सय रुपैयाँ सस्तो भएको हो । शुक्रबार सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलाको ५ सय रुपैयाँले महंगिएको थियो ।
महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य भने ५५ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment