भारतमा धार्मिक अल्पसंख्यकविरुद्ध हिंसा बढ्दै गएको भन्दै त्यस्ता हिंसा रोक्न अमेरिकी सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
अमेरिकाका ३४ सांसदले नरेन्द्र मोदीलाई एक पत्र लेख्दै धार्मिक अल्पसंख्यक विरुद्ध जारी हिंसा रोक्न माग गरेका हुन् ।
ओलीलाई भारतले यसरी देखाइदियो औकात
मोदी सरकार आएपछि भारतमा धार्मिक असहिष्णुता बढिरहेको भन्दै यस अघि भारतमा बहस चलिरहेको छ । अमेरिकी सांसदहरुले मोदीलाई लेखेको पत्रमा धार्मिक अल्पसंख्यकको आन्दोलनमाथि बल प्रयोग गरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सांसदहरुले मोदीको भारतीय जनता पार्टीको आधार संगठन मानिने आरएसएसका गतिविधिको नियन्त्रण गर्नका लागि कदम उठाउन मोदीलाई सचेत गराएका छन् ।
विमान दुर्घटनासँग हिसिलाको नाम जोडियोः सुशीलका सल्लाहकारले गरे खुलासा
केही समय अघि चर्चित बलिउड कलाकार आमिर खानले भारत अहसहिष्णु बन्दै गएको र आफूलाई पत्निले देश छोड्न सुझाव दिएको बताएपछि ब्यापक बहस र विवाद भएको थियो।
प्रचण्डको समर्थन रामचन्द्रलाई !
मोदीलाई अमेरिकाबाट आएको पत्र भारतीय सञ्चार माध्यममा प्रमुख हेडलाइन बनेको छ ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment