Monday, February 22, 2016

प्रजातन्त्र दिवससँगै प्रधानमन्त्री ओलीले दिल्लीमै मनाउने जीवनकै यो ठूलो दिवस

काठमाडौं, १० फागुन । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनकै ठूलो दिवस पनि दिल्लीमै मनाउने भएका छन् ।
६ दिने भारत भ्रमणका क्रममा दिल्लीमा रहेका ओलीको चौथो दिन आज जन्मदिन परेको छ । आफ्ना सुखदुःख जनतासँग बाडेर अघि बढ्नुपर्ने भएपनि प्रधानमन्त्री ओली आफ्नो जन्मदिन पराईदेशमा मनाउँदैछन् ।
दिल्लीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीको आज ६५ औं जन्म दिन परेको बताए । यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बधाईं तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत ओलीलाई पुष्प गुच्छा पठाई शुभकामना र बधाई दिएको दाहालले जानकारी दिए । प्रधानमन्त्री ओलीेले उनीहरुमार्फत मोदीलाई धन्यबाद ज्ञापन गरे ।
आजै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतका विदेश मन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिइन् । प्रधानमन्त्री ओलीसँग आजै भारतका उर्जा राज्य मन्त्री श्री पियुष गोयलले शिष्टाचार भेट गरे ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment