१६ बुँदे ज्ञापन-पत्रमा त्यहाँ रहेका प्रवासीहरुले भोग्नुपरेका समस्या तथा नेपाल र भारत सरकारले गर्नुपर्ने कामवारे उल्लेख गरिएको छ । प्रवासी नेपालीहरुका तर्फबाट प्रवासी नेपाली संघ, भारतका अध्यक्ष लोकनाथ भन्डारी, नेपाली एकता समाज, भारतका अध्यक्ष लक्ष्मण पन्त, अखिल भारत नेपाली एकता मञ्च केन्द्रिय सदस्य आरबी खडका र मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य ठाकुर खनालले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा भारत तथा नेपालबीच सम्पन्न १९५० को असमान शान्ति तथा मैत्री सन्धीलाई खारेज/ पुनरावलोकन गरी नेपालको सार्वभौमसत्तामा आंच नआउने तथा भौगोलिक अखण्डता नखल्बलिने गरी समयसापेक्ष आवश्यकतानुसार नयां सन्धी गर्नुपर्नेदेखि नेपाली नागरिकता वा राहदानीका आधारमा नेपालीहरुले बैंकमा खाता खोल्न पाउनु पर्ने लगायतका माग छ ।
ज्ञापन पत्रमा भारत नेपाल सिमामा भारतीय सीमा सुरक्षा बल र प्रहरीले नेपालीहरु दुख दिने, भएको पैसा लुटिदिने जस्ता घटनाहरु दिनहु घट्ने गरेको भन्दै यस तर्फ सरकारले विशेष ध्यान दिएर यो समस्या समाधान गर्न माग गरिएको छ ।
ratopati
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment