माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी कमिटीको बैठकले सरकारले गरेका कामकारबाही प्रभावकारी नभएको ठहर गर्दै आलोचना गरेको हो ।
बैठकले आफ्नो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि प्रभावकारी काम गर्न नसकेको ठहर गरेको छ । बैठकले सरकारलाई कामकारबाही प्रभावकारी बनाउन, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यसैगरी आफ्ना मन्त्रीहरुलाई पनि जनपक्षीय काम गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
पछिल्ला दिनमा सरकारले गरेका कामप्रति पार्टीभित्रै असन्तुष्टि बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल पनि निराश हुनुभएको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment