Sunday, February 28, 2016

फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै : रावल

फाल्गुन १६, २०७२- उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले देशमा फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै भएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पाँच महिनादेखिको असहज अवस्थालाई सहज बनाउन धेरै गुणा पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपरेकाले केही समय असहज अवस्था रहने धारणा राखे ।

भारतीय आयल कर्पोरेसन र भारत सरकारका उच्चपदस्थ पदाधिकारीले नेपाललाई चाहिए जति पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको जानकारी गराउँदै रावलले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन सरकार प्रयासरत रहेको बताए ।

अर्को प्रसङ्गमा उनले संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीसँग जुध्न नेपाली कांग्रेसलगायत सबै राजनीतिक शक्तिसँगै अघि बढ्नाको विकल्प नभएको बताउँदै अब कसैले आन्दोलन गर्छु भन्दैमा त्यसलाई नेपाली जनताले साथ नदिने विश्वास पनि व्यक्त गरे ।

स्थानीय निकायको निर्वाचन लामो समयसम्म हुन नसक्दा त्यसमा जाने ठूलो हिस्साको बजेट राम्ररी सदुपयोग हुन नसकेकाले सबै राजनीतिक दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा
 गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उनले दिए ।ekantipur

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment