Sunday, February 28, 2016

वैशाखमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छः नेपाल

दार्चुला, १६ फागुन– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनाव आगामी वैशाखमा गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार दार्चुलाको नवौं जिल्ला परिषद्लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले वैशाखमा निर्वाचन गर्नेगरी सरकारले तयारी गर्नुपर्ने बताएका हुन् ।
‘वैशाखमा मौसमले साथ दिने भएकाले मुलुकभर एकसाथ चुनाव गर्न सकिन्छ ।’ उनले भने, ‘लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहिनले राजनीतिक शून्यता बढेको छ ।’
छिटो स्थानीय निकायको चुनाव गरी ग्रामीण भेगमा विकासको लहर जगाउनुपर्ने नेता नेपालको भनाई थियो ।
उनले सीमांकनपछि बनेको ७ नम्बर प्रदेश विकासमा पछाडि भए पनि सम्भावना भने थुप्रै रहेको बताए । मुलुकमा संक्रमणकाल सकिएकाले विकासमा लाग्न सबैलाई उनले आग्रह गरे ।
परिषदमा स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामि आर्थिक वर्ष २०७३र७४ को एक अर्ब ८६ करोड ५५ लाख ८७ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment