भारतीय आयल कर्पोरेसन र भारत सरकारका उच्चपदस्थ पदाधिकारीले नेपाललाई चाहिए जति पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री रावलले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन सरकार प्रयासरत छ भन्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीसँग जुध्न नेपाली काँग्रेस लगायत सबै राजनीतिक शक्तिसँगै अघि बढ्नाको विकल्प नभएको बताउँदै अब कसैले आन्दोलन गर्छु भन्दैमा त्यसलाई नेपाली जनताले साथ नदिने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय निकायको निर्वाचन लामो समयसम्म हुन नसक्दा त्यसमा जाने ठूलो हिस्साको बजेट राम्ररी सदुपयोग हुन नसकेकाले सबै राजनीतिक दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उहाँले गराउनुभयो ।
रक्षामन्त्री रावलले भन्नुभयो-“नेपाल सरकार भारत चीन दुवै देशसँग सुमधुर सम्बन्ध कायम गरेर दुवैबाट पारवाहन सुविधा लिन अघि बढेकोे छ । ” उहाँले जलाश्ययुक्त थुप्रै जलविद्युत् आयोजना अगाडि बढाएर ऊर्जा सङ्कट अन्त्य गरिने पनि बताउनुभयो । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment