सभापति पदका लागि आइतबार निर्वाचन भएको थियो । मतगणना सोमबार बेलुका सम्पन्न भएको हो । मतदानमा जम्मा ४ सय ९ मत खसेकोमा ४ सय ४ सदर भएको छ । जसमा ५ म तबदर भए ।
बोहराका प्रतिद्वन्द्वी गोपालदत्त जोशीले ३२ मत मात्रै पाए । उनी शेरबहादुर देउवा निकटका उम्मेदवार हुन् ।
त्यसै गरी सभापति निर्वाचनमा पराजित हुनेहरूमध्ये गौरीशंकर गिरीले १२, नरेन्द्रसिंह धामीले ४५, मदन गिरीले ५० तथा महादेव बडु कश्यपले १८ मत ल्याएका थिए । बोहरासँग प्रतिस्पर्धामा उत्रिएका अधिकांश नेताहरू देउवा समूहकै हुन् ।
यस्तै महासमिति सदस्य, सचिव, कोषाध्यक्ष र जिल्ला कार्य समिति सदस्यको मतगणना मंगलबार बिहान हुने जनाइएको छ ।
सभापतिमा निर्वाचित भएको घोषणापछि सम्बोधन गर्दै नव निर्वाचित बोहराले सभापतिमा पराजित भएकाहरूलाई समेटेर लैजाने आश्वासन दिएका छन् ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment