Tuesday, February 23, 2016

प्रमुख प्रतिपक्षी नेता प्रहरी हिरासतमा

मंगलबार, ११ फागुन
एजेन्सी। युगान्डाका प्रहरीले प्रमुख प्रतिपक्षी दलका नेतालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रपतिको निर्वाचनमा नजरबन्द अवस्थामा प्रतिस्पर्धा गरेका किज्जा बिसिग्गेले गएको बिहीबार सम्पन्न निर्वाचनमा ३५ प्रतिशत मात्र मत ल्याई पराजित भएको युगान्डाको राष्ट्रिय निर्वाचन आयोगले घोषणा गरेको थियो ।
तर उनले चुनाव स्वतन्त्र हुन नसकेको भन्दै परिणाम आफूलाई स्वीकार्य नभएको भन्दै आफ्ना समर्थकलाई विरोध ¥यालीका साथ निर्वाचन आयोग परिसरमा सोमबार प्रदर्शन गर्न आग्रह गरेका थिए ।
निर्वाचन आयोगले राष्ट्रपति मुसेभिनी पुनः पाँचौ कार्यकालका लागि ६० प्रतिशत मत ल्याई निर्वाचित भएको यसअघि नै घोषणा गरिसकेको छ ।
निर्वाचन सुपरिवेक्षणका लागि युगान्डा पुगेको युरोपेली युनियनको प्रतिनिधि टोलीले पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि यसमा प्रहरीले मुसेभिनीको पक्षमा व्यापक चलखेल गरेको परिणामको घोषणा पश्चात गरेको थियो ।
ईयूको पर्यवेक्षक टोलीले निर्वाचन सोचिएभन्दा पूर्णत शान्तिपूर्ण तवरले सम्पन्न भएको तर निर्वाचनमा अपनाइनुपर्ने पारदर्शीता राष्ट्रपति चुनावमा नपाइएको बताएको थियो ।
मुसेभिनी सरकारले प्रतिपक्षी दलका नेता बिसिग्गेलाई हालै मात्र (निर्वाचनपूर्व र निर्वाचन पछाडि गरी) तीन पटक पक्राउ गरिसकेको छ ।
युगान्डाको प्रहरीले प्रतिपक्षी दलका नेता तथा पराजित राष्ट्रपतिका उम्मेदवार बिसिग्गेले निर्वाचन आयोगमा विरोध ¥यालीका साथ जाने निर्णय युगान्डाको कानुन विपरित भएको भन्दै उनलाई पक्राउ गरिएको बताइको छ ।
¥यालीका कारण बालबालिकाको सोमबारदेखि सुरु हुने नयाँ सत्रको पठनपाठनमा अवरोध भई बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको हनन हुने भन्दै उक्त किसिमको विरोध कार्यक्रमलाई स्थगन गर्न प्रतिपक्षलाई आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले पक्राउ गरी गाडीभित्र बन्द गरेपछि नेता बिसिग्गेले कुनै प्रतिक्रिया भने दिनुभएन।घरलाई सैनिक ब्यारेकजस्तो बनाएको आरोप
पक्राउपछि प्रतिपक्षी दलका नेता बिसिग्गेकी श्रीमती बिन्थी ब्यान्यिमाले आफ्नो घरलाई सैनिक अखडा जस्तो बनाएको भन्दै प्रतिक्रिया दिएका छन ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment