Monday, February 22, 2016

कतारबाट घर फर्केका शिव प्रहरीको खोरमा पुगे


काठमाडौं: सामाजिक सञ्जालबाट महिला साथीलाई अश्लील फोटो  र म्यासेज पठाएको अभियोगमा नुवाकोटका शिव पौडेल प्रहरी खोरमा पुगेका छन् ।

फेसबुकमार्फत महिला साथीको फेसबुकमा अश्लील फोटो म्यासेज पठाई मानसिक यातना दिएको अभियोगमा नुवाकोटको तुप्चे(१ घर भएका ३० वर्षीय शिव पौडेललाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनी घर फर्कने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि अनुसन्धान पश्चात विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दामा आवश्यक कारवाहीको सोमबार  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment