अहिलेसम्म ब्राजिलयन फुटबलर नेमार र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै रोमान्स गर्ने खेलाडीका रुपमा देखिएका छन् । तर उनीहरुलाई नै माथ दिने गरि चेल्सीका स्टार एलेक्जेन्टर प्याटो उदाएका छन् ।
जस्को ले लभ लाइफमा रोमान्स गरेर सनसनी मच्चाएका छन् । ब्राजिलमा वन्डर ब्वाइको नामबाट चिनिएका २८ वर्षीय फारवर्डको लभ अफेयर इटालीका रंगीन मिजासका पूर्व प्रधामन्त्री सिल्भियो बर्लुस्कोनीकी छोरी बार्बरासँग केही समय मात्र चल्यो । एसी मिलानका मालिक तथा इटालीका पूर्वप्रधानमन्त्रीकी छोरीलाई समेत प्रेम जालमा पारेका प्याटोले गलफ्रेन्ड बनाउनु आफ्नो चाहना भएको बताएका छन् ।
प्याटो र बार्बरा बर्लुस्कोनीबीचको सम्बन्ध सन २०११ मा शुरु भएको थियो भने यो करिब सवा दुई वर्ष मात्रै चल्यो । जब बारबरा गर्भवती भइन् उनले आफ्नो गर्भवती अवस्थाको फोटो समेत इन्टरनेटमा राखेर भाइरल बनाइन् ।
त्यसपछि प्याटोले बार्बरालाई छाडिदिए । उनीहरुलाई मिलाउने व्यक्ति समेतयो काण्डबाट निकै उदास र निराश भएका थिए। सन् २०१३ मा प्याटोलाई ब्राजिलियन क्लब कोरिन्थियन्सले सस्तोमै बेचिदिएका थियो।
प्याटो सन २००७ मा इटालियन क्लब एसी मिलान आए । उनले त्यो बेला एकै सिजनका ४२ खेलमा १८ गोल गरेर तहल्का समेत पीटे ।तर गोलसँगै उनले त्यहाँ पनि मोडल स्ट्याफनी ब्रिटोसँग अफेयर सुरुवात गरे। यही अफेयर चाँडै विवाहमा परिणत भयो।
विवाहको उत्सव मनाउन प्याटोले ब्राजिलको पाँचतारे होटल कोप्याकाबाना प्यालेसमा दुई करोडको भव्य पार्टीदिए । तर विवाहको उत्सवपछि उनीहरुको सम्बन्ध ९ महिना सम्म मात्रै कायम भयो । अन्तिममा उनीहरुले तीन वर्षसम्म कानूनी लडाइँ लडेर सम्बन्ध बिच्छेद गरे। यसको केही समय पछि नै तत्कालीन मिस ब्राजिल डेबोरा लिरासँग लागे ।
चोटका कारण फुटबल मैदानभन्दा बाहिरै रहेका प्याटोले लिरासँग सन् २०१० को विश्वकपको दौरानमा निकै रात बिताए । तर दुवै जना एकअर्कालाई समय नछुट्याएकाले पनि उनीहरुबीचको सम्बन्धमा चिसो आयो । सन् २०१४ मा पनि प्याटोले अर्की मोडेल तथा टेलिभिजन रियालिटी शोका प्रस्तोता फियोरेला म्याथिससँग मायाप्रिति र रात बिताउने काम गरे ।
जुन अहिलेसम्म पनि जारी छ र उनीहरु लण्डनमै बस्न थालेका छन् । पहिलो पतिसँग सम्बन्धबिच्छेद गरेकी २७ वर्षीया फियोरेलाको इन्स्टाग्राममा २२ लाख फलोअर छन् । उनीसँगको सम्बन्धका बारेमा पनि बेला बेलामा विभिन्न हल्लाहरु चल्ने गरेका छन् । यद्यपी अहिलेसम्म सँगै बसिरहेका छन् ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment