Monday, February 22, 2016

सिक्किम कब्जा गर्ने र’अका पूर्व कर्मचारी संग ओलीको भेटवार्ता

नयाँदिल्ली। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् ।
नेपालले लोकतान्त्रिक प्रक्रियाबाट संविधान बनेको असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डाेभलसँग अाेलीले राष्ट्रपति भवनमा भेटवार्ता गरेका हुन्।

 प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सल्लाहकार मानिएका उनी भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिश विङ (‘र’) मा लामो समय काम गरेका व्यक्ति हुन्। सिक्किमलाइ
भारतमा मर्ज गर्न मुख्य भूमिका निर्वाह गरेका डाेभल काठमाडाैंबाट अपहरण
 भएकाे इन्डियन एयरलाइन्सकाे जहाजकाे उद्धार टाेलीका मुख्य वार्ताकार थिए।
प्रधानमन्त्री ओलीसंग डोबलले नेपालसँग हालै भएका सहयोग सम्झौता तथा द्वैदेशिय समझदारीका थप आधारहरुबारेमा छलफल गरेका थिए ।
भारतले लगाएको नाकावन्दीको कारण नेपालमा भारतविरोधी भावना बढेको अवस्थामा प्रधानमन्त्री ओलीले नाकाबन्दीका मुख्य सुत्रधार डोभलसँग भेटवार्ता गरेका हुन् ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment