यस विषयले निकै चर्चा पायो र कतिपयले यसलाई ‘जोक’ को संज्ञा पनि दिए । कतैकतै यसको सम्भावाना र चुनौतिका विषयमा चर्चा र खोजहरु पनि हुन थाले । अन्तिममा यो विषय असम्भव नरहेको तर तत्काल केही वर्षसम्म सम्भव नरहेको कुरा नकार्न सकिएन ।
यसैबीचमा भारत भ्रमणमा रहेका ओलीसँग भारतीय पत्रकारले घरघरमा पाइपबाट ग्यास पुर्याउन कुरा के हो, के यो सम्भव छ भन्दै प्रश्न गरे । भारतस्थित नेपाली दूतावासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय पत्रकारले हल भरिभराउ थियो । जति पत्रकारको सहभागिता थियो त्यसैगरी ओलीमाथि प्रश्नको पनि बर्सा भएको थियो । त्यसैक्रममा घरघरमा पाइपबाट ग्यास पुर्याउने कुरा एक भारतीय पत्रकारले सोधि हाले ।
ती भारतीय पत्रकारको प्रश्नमा ओलीले गतिलै जवाफ फर्काए । उनले नेपाल अहिले निकै संकटबाट गुज्रिरहेकाले आफूले त्यसको समाधान स्वरप त्यो भनेको बताए ।
उनले भने, ‘हो मैले भनेकै हो र त्यो असमभव पनि छैन । तर, त्यसका लागि केही समय लाग्न सक्छ । मैले जनताको दुःख महसुस गरेर उनीहरुमा आत्मविश्वास जगाउन यसो भनेको हुँ ।’ उनले थपे, ‘यो समय काँधमा ग्यास बोकेर हिँड्ने होइन । हामी समयअनुसार चल्नुपर्छ मैले भनेको कुरा विस्तारै पुरा गरेर देखाउँछु । त्यसका लागि मलाई समय लाग्न सक्छ ।’
kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment