Monday, February 22, 2016

तत्काल इन्धन सहज नभए कारबाही : अख्तियार

1१० फागुन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगम प्रवन्ध निर्देशक गोपालबहादुर खड्कासहित उच्च अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


नाकाबन्दी खुलेपछि पेट्रोलियम पदार्थ र गसको आयात सहज भए पनि उपभोक्ताले सहज रुपमा पाउन नसकेको र कालोबजारी बढेको गुनासो र उजुरी आउपछि अख्तियारका पदाधिकारीले निगमका खड्का र निर्देशक मुकुन्दप्रसाद घिमिरेलाई आइतबार बोलाएर त्यस्तो चेतावनी दिएका हुन् ।
अीख्तयारका पदाधिकारीले पेट्रोलियम पदार्थको वितरण पारदर्शी नभएको, उपभोक्ता लामो लाइनमा बस्नु परेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निगमका अधिकारीलाई निर्देशन दिए । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines.

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment