आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग इन्धन आयातसम्बन्धी व्यापार सम्झौता भएरै छाड्ने बताएका छन् । भारतबाट पेट्रोलियम पदार्थको आयात सहज भए पनि चीनसँगको सम्झौता नरोकिने उनले स्पष्ट पारे ।
आयतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले व्यापार विविधिकरणको नीतिअनुसार चीनसँग इन्धनलगायत वस्तु आयतका लागि २ देशबीच एमओयुमा हस्ताक्षर भइसकेकाले ढिलो भए पनि व्यापार सम्झौता नरोकिने स्पष्ट पारे ।
‘भारतबाट इन्धन आयात सहज भएपछि ०४५ सालमा जस्तै हुन्छ कि भन्ने आशंका हुनसक्छ । तर, यसपटक सम्झौता भएरै छाड्छ । ढिलो–चाँडो मात्र हो,’ मन्त्री पुनले भने । कारोबार दैनिकमा खबर छ ।
nepaliheadlines.
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment