भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले एकै परिवारका १४ जनालाई चक्कुले हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।
यो घटना ठाणेको कासरवादावली इलाकामा भएको हो । मृतक १४ जनामा ७ जना र 7 जना बयस्क रहेका छन् ।प्रहरीका अनुसार शुरुमा परिवारका सबैलाई बेहोस बनाएपछि चक्कुले हानेर हत्या गरिएको हो ।
हत्याको कारण अहिलेसम्म खुल्न नसकेको महाराष्ट्र प्रहरीले जानकारी दिएको छ ।
बाँच्न सफल एक महिलालाई उपचारका लागि नजिकैको निजी अस्पतालमा भर्ना गरिएको छ । समाचार अनुसार नातेदारलाई पनि बोलाइएको पारिवारिक कार्यक्रममा खानामा बेहोसीको औषधि मिलाएपछि ती व्यक्तिले यो सामूहिक हत्या गर्न सफल भएका हुन् ।
प्रहरीका अनुसार १४ जनाको हत्यापछि आरोपित युवाक हातमा चक्कु लिएर झुन्डिएको अवस्थामा भेटिएका थिए ।
पुलिसले यो घटनाको जाँच थालेको छ । ठाणेका संयुक्त प्रहरी प्रमुख आशुतोष डुम्रेले यो परिवारका केबल एक सदस्य मात्रै जीवित रहेको बताएका छन् ।
'हामीले अहिलेसम्म उनीसँग सोधपुछ गरेका छैनौं', उनले भने, 'उनी अहिले पनि बेहोसीको अवस्थामा छिन् ।' प्रहरीका अनुसार घटना हुनुको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment