काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला भारतको इशारामा संघीयताको सीमांकन हेरफेर गर्ने गोप्य सम्झौता भएको छ ।
प्रधानमन्त्री ओली र मोदीबीच भएको ‘वान टु वान’ वार्ताका क्रममा मोदीले तराईमा कम्तिमा पनि दुई प्रदेश बनाउन आग्रह गरेका थिए । मोदीको उक्त आग्रहलाई ओलीले स्वीकार गरेको स्रोतले जनाएको छ ।
ओलीले कम्तिमा पनि आफ्नो सरकार चुनावसम्म टिकाउने सर्तमा यो प्रस्ताव मानेका हुन् । ओलीको भनाई उदृत गर्दै स्रोत भन्छ, ‘मैले सीमांकन परिवर्तन गर्ने र दुई प्रदेश बनाउने जोखिम मोल्ने हो भने आगामी चुनाव मैले नै गराउन पाउनुपर्छ ।’
मोदीले भने यस विषयमा सल्लाह गरौला भन्ने जवाफ दिएका थिए । यसअघि काँग्रेस एमालेले लुम्बिनी र राप्तीका पहाडी क्षेत्रसहितको मधेसमा दुई प्रदेश बनाउने प्रस्ताव अघि सारेका थिए ।
भारत भ्रमणमा आफू सपिङ लिस्ट लिएर नआएको भन्दै ओलीले दुई पक्षीय कुराकानीले असमझदारी हटेको बताउँदै आएका छन् ।
उनले आइतबार भारतस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा पनि उनले आफ्नो भ्रमण सफल भएको बताउँदै आफू पूर्ण सन्तुष्ट रहेको बताएका थिए ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment