Tuesday, February 28, 2017

कमाईको कम्तिमा १० प्रतिशत रकम बाबुआमाको खातामा जाने


काटमाठौं–महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले प्रत्येक सन्तानले आफ्नो आम्दानीको कम्तिमा १० प्रतिशत रकम जन्मदाताको खातामा जाने व्यवस्था सहित जेष्ठ नागरिक सम्बन्धि ऐन बनाउने तयारी गरेको छ ।
वृद्धवृद्धा अवस्थामा सन्तानले अपहेलना गर्ने गरेको अवस्थाको अन्त्य गर्दे जेष्ठ नागरिकलाई जीवनयापनका लागि सहज वातावरण श्रृजना गरी सम्मानजनक जीउने स्थिति श्रृजना गर्नका लागि मन्त्रालयले कानुन मानै सन्तानको कमाईको कम्तिमा १० प्रतिशत रकम बाबुआमाको खातामा जाने गरी बाध्यकारी व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले ७५ प्रतिशत भन्दा नबढाई पैतृकसम्पति सन्तानमा हस्तान्तरण गर्न सकिने गरि बाध्यकारी व्यवस्था पनि ऐनमा गरेको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले यी दुई बाध्यकारी प्रावधान कार्यान्वयनमा आए वृद्धा वृद्धा आर्थिक रुपमा नै मजबुत हुने र जीवीकोपार्जनका सजिलो हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयले महिलाजन्य रोगको उपचार खर्च सरकारले व्यहोर्ने तथा त्यस्ता समस्याको तत्काल सम्बोधनका लागि क्वीक रेस्पोन्स टीम निर्माण गरेको छ । महिलामा मात्रै लाग्ने पाठेघरको मुख र स्तनज क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने गरी रोगीको निशुल्क उपचार गर्ने, देशको कुनै पनि भूगोलामा महिला माथि भएका घरेलु हिंसा लगायतको तत्काल सम्बोधन तथा मनोबैज्ञानिक परामर्शका साथ पुर्नस्थापनका लागि भन्दै मन्त्रालयले क्वीक रेस्पोन्स टीम निर्माण गरेको हो ।
मन्त्रालयले महिलाका हित अनुकुलको निति नियम आवश्यक परिमार्जन लगायत रणनितिक सल्लाहा दिनका लागि चाँदनी जोशीको संयोजकत्वमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्ता लक्ष्मी श्रेष्ठ सदस्य रहेको ५ सदस्यीय महिला विज्ञ समुह पनि गठन गरेको छ ।
मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमको यही फागुन २३ गते प्रारम्भ गर्ने तयारी पनि गरेको छ । आर्थिक रुपमा महिलालाई शसक्त बनाएमा महिलामाथि हुने सबै प्रकारका घरेलु हिंसा न्यूनीकरण गर्न सकिने उद्देश्यका साथ केपी ओली नेतृत्वको सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमको घोषणा गरेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment