Tuesday, February 28, 2017

नक्कली क्याप्टेन साब् बनेर १४ श्रीमती जोड्ने धनबहादुर ठगको नटवरलाल


काँधमा क्याप्टेन दर्जाको फुलि पनि छ । अगाडी पनि सेनाको रेडियो सेट भिरेकै छन् । हुलिया पनि सेनाको जस्तै छ । तर, यस्तै हुलियामा वा सामान्य पोशाकमा भेट्दा आफु सेनाको क्याप्टेन हुँ भन्दै हिँडेको भेट्नु भएको थियो भने याद गर्नुहोस् ती मानिस ठगीको आरोपमा पक्राउ परेका छन् ।

ठगिनेले मात्र होइन नक्कली क्याप्टेन साब्को मायाँ जालमा परेर लुटिनेहरु छन् भने उनिहरुले पनि ध्यान दिएर उसको अनुहार पहिचान गर्नुहोला । किनकी उनको अहिलेसम्म १४ जना श्रीमतिको पहिचान भइसकेको छ । कतै अरु पनि फसेका त छैनन् ?

तस्वीरमा देखिएका ओखलढुंगा मानेभञ्ज्याङका धनबहादुर परियार हुन् । सेनाको पोसाक लगाएका छन, र काँधमा क्याप्टेन दर्जाको फुली पनि छ । सेनाको रेडियो सेट भिरेकै छन् ।

यही तस्वीर देखाएर उनले आफू सेनाको क्याप्टेन हुँ भन्दै धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । परियार सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने कुख्यात ठग हुन् ।
सेनाको पोशाक लगाएको फोटो बोक्ने र गाउँका मान्छेहरुलाई भर्ना गर्दिन सक्छु भन्दै पैसा असुल गरेको आरोपमा अपराध महाशाखाको टोलीले परियारलाई पक्राउ गरेको छ ।

काठमाडौं–ओखलढुंगा बस चलाउने कपिल पौडेलको करिब चार वर्ष अघि बसमा यात्रारत धनबहादुरसँग चिजजान भएको थियो । धनबहादुरले आफू सेना भएको परिचय दिएका थिए ।उनीहरुवीच सम्पर्क नम्बर साटासाट भयो । र, सुरुको एक वर्ष जति त लगातार कुराकानी भइरहृयो । तर, पछि सेना भनिएका व्यक्ति अर्थात धनबहादुर परियार गायब भए ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment