Tuesday, February 28, 2017

बस दुर्घटनामा दुलही सहित १२ घाइते


कोहलपुर- काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।

जन्ती बोकेर टिकापुर जाँदै गरेको  बा १ क ११६१ बस आज बिहान कचनापुर– १ खैरीखोला नजिक घुम्ती रोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा दुलाह गंगाराम बिष्टसहित १२ जना घाईते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

आज बिहान ३ बजेतिर बस दुर्घटनामा परेको हो। घुम्ती सडकमा एक्कासी चालक निदाएपछि बस सडकदेखि दश मिटर तल खसेको छ।
बस सडकबाहिर गएर रुखमा ठोकिएको ट्राफिकले जनायो। घाइेतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ। दुर्घटनामा परेको बसको अगाडीको भागमा क्षतीग्रस्त भएको छ ।यस्तै गाडीका सिटहरु झरेका छन्।

घाईते अधिंकाशका हात, मुख र टाउकोमा चोट लागेको छ। केहीको हात भाँचिएको प्रहरीले जानकारी दियो। जन्ती टोली आजै कैलालीमा बिबाह सकेर दुलहीसहित फर्केने कार्यक्रम रहेको थियो । घाइेते जन्ती टोली अहिले सबै मेडिकल कलेज कोहलपुरमा रहेका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment