Tuesday, February 28, 2017

सीमाक्षेत्रमा भएको झडपमा १६० को मृत्यु



 म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समुहकाबीचमा भएको झडपमा परी गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनसँग सिमाना नजिकै सरकारी सैनिक र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका कैयौँ समुहबीच गत नोभेम्बरको अन्त्यदेखि जारी रहेको यस द्वन्द्वको कारण झन्डै २० लाख स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

हिंसाबाट मृत्यु हुनेमध्ये ७४ सैनिक, १५ प्रहरी, १३ सैनिक तालिम पाएका सरकार समर्थक लडाकू र १३ जना आमनाागरिक रहेका ती अधिकारीले जानकारी दिएका छन् । जनरल म्या तुन ओओ संवाददातालाई भने, “हामीसँग ४५ जना सत्रुको शव छ र अरु चार जनालाई नियन्त्रणमा लिइएको छ ।”

उहाँले सामुहिक दाहासंस्कारको फोटो हेर्दा सयभन्दा बढी विद्रोहीहरु मारिएको हुन सक्ने बताए । दोस्रो चरणको शान्तिवार्ता भइरहेका बेला म्यानमार सरकारको तर्फबाट यस्तो तथ्याङ्क आएको हो । सिमा क्षेत्रमा भइरहेको दशक लामो द्वन्द्व अत्य गर्ने उद्देश्यले अहिले शान्ति बार्ता भइरहेको छ । रासस/एएफपी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment